लेकम गाउँपालिकामा लगाइएको ताला केहि छिनमै खुल्यो

0
775

दार्चुला, मंसिर २१ गते ।
लेकम गाउँपालिकामा लगाइएको ताला केहि छिनमै असन्तुष्ट पक्ष संगको सहमती पश्चात खोलीएको छ । आईतबार लेकम गाउँपालिका वडा नं ४ खरकडाका स्थानियहरुले लेकम गाउँपालिकाको कार्यालय, वडा नं ४ को कार्यालय तथा गल्ला केदार मावि खरकडामा तालाबन्दी गरेका थिए । खरकडा बस्तीमा विद्युतीकरण नभएको तथा गाउँघरमा फोन सेवा प्रभावकारी नहुदाँ आफ्ना मागहरु बेला बेला गाउँपालिका र वडामा राख्दा आफ्ना मागहरु पुरा नभएको भन्दै स्थानियहरुले गाउँपालिकाको कार्यालय र वडा नं ४ को कार्यालयमा तालाबन्दी गरेका थिए । साथै लकडाउनका बेला विद्यालय बनाइएको क्वारेन्टाइनको सुरक्षार्थ बसेको प्रहरी पोष्टलाई हाल सम्म विद्यालयमै राखिएकाले पठन पाठनमा समस्या भइरहेको भन्दै प्रहरी पोष्टलाई विद्यालयमा नराखी अन्यन्त्र ब्यवस्थापन गर्नुपर्ने स्थानियहरुको माग थियो । जिल्ला भरिका विद्यालयहरुमा सहज रुपमा पठन पाठन भइरहेको अवस्थामा लकडाउनका बेला राखिएको अस्थाई प्रहरी पोष्टलाई विद्यालयबाट नहटाउदा पठन पाठनमा अवरोध भइरहेको स्थानियहरुको बुझाई रहेको स्थानिय पत्रकार दिपक साउदको भनाई छ । विद्यालयमा रहेको क्वारेन्टाइको सुरक्षार्थ खटिएको अस्थाई प्रहरी पोष्टका लागि भवन निर्माणका लागि गाउँपालिकाबाट चालु आर्थिक बर्षमा बजेट विनियोजन गरिएको गाउँपालिका प्रबत्ता महेन्द्र राज जोशीले जानकारी दिनुभयो । असन्तुष्ट पक्ष संगको सहमतीमा विहान १० बजे देखि लगाइएको ताला दुई घण्टामा खोलीएको प्रबत्ता जाशीले जानकारी दिनुभयो । खरकडामा १६ दिन सम्म विद्यत विस्तार गर्ने र विद्यालयमा रहेको अस्थाई प्रहरी पोष्ट अन्य ठाउँमा आजैबाट सारेपछि विवाद समाधान भएको उहाँले जानकारी दिनुभयो । साथै तितेकाडामा रहेको नेपाल टेलिकमको टावर विद्यतु नहुदाँ अवरुद्ध भइरहेकाले टावरको क्षमता विस्तारमा गाउँपालिकाले पहल गर्ने सहमती भएको प्रबत्ता जाशीले जानकारी दिनुभयो ।