दार्चुलाको नम्बर ४४ गणको कार्यभार सम्हाल्न गणपति आइपुगे

0
1229

दार्चुला, साउन १९ गते ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यभार सम्हाल्न गणपति नरेन्द्र बमं दार्चुला आइपुगेका छन् ।
नेपाल सरकारले हालै दार्चुलामा स्थापना गरेको गणका लागि सशस्त्र प्रहरी उपरिक्षक (एसपी) नरेन्द्र बमंलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणको गणपतिमा समायोजन गरेको थियो ।
कार्यभार सम्हाल्न गणपति आइतबार बेलुकी दार्चुला आइपुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।
नेपाल सरकारले पछिल्लो समय सिमा सुरक्षा प्राथमिकता दिदै ब्यास गाउँपालिकाको छाङरु र दुम्लीङ, मालिकार्जुन गाउँपालिकाको जौलजिवि र लेकम गाउँपालिकाको लालिमा विओपी स्थापना गरिसकेको छ भने दार्चुलामा रहेको ५० नम्बर गुल्मलाई छाङरुमा स्थापना गर्ने साथै ब्यासको तिंकर, कौवा, सुन्सेरा र महाकाली नगरपालिकाको दत्तुमा विओपी स्थापना गर्ने गृहकार्य अघि बढाएको छ ।
दार्चुला सदरमुकाममा स्थापना हुने गणको कार्यभार सम्हाल्न आएका गणपति बमंलाई सशस्त्र प्रहरीले दार्चुलामा स्वागत गरेको छ ।