दार्चुला, साउन ७ गते ।
शिक्षाका लागी खाद्य कार्यक्रम इकाई केन्द्र दार्चुलाले साढे १२ हजार बढी विद्यार्थीहरुलाई टेक होम खाद्यान्न वितरण गरेको छ ।
चालु शैक्षिक सत्रको तिन महिना बैशाख, जेठ र असारमा कोरोना प्रभावका कारण विद्यालयहरु खुल्न नसकेकोले तिन महिनाको खाद्यान्न, कार्यक्रम लागु भएका विद्यालका विद्यार्थीहरुलाई वितरण गरिएको शिक्षाका लागी खाद्य कार्यक्रम इकाई दार्चुलाका प्रमुख योगेन्द्र बहादुर बमंले जानकारी दिनुभयो ।
दार्चुलामा शिक्षाको लागी खाद्य कार्यक्रम लागु भएका १ सय ९१ वटा विद्यालयहरुका १२ हजार ८ सय १६ जना विद्यार्थीहरुलाई चामल दाल र तेल वितरण गरिएको उहाँको भनाई छ ।
प्रति विद्यार्थी ६ किलोग्राम चामल, डेढ किलोग्राम दाल र आधा लिटर तेल वितरण गरिएको छ ।
जिल्लाको महाकाली नगरपालिकाका १५ विद्यालयको ६ सय ६८ जना विद्यार्थीहरुले टेक होम खाद्यान्न पाएका छन् । खलंगा वितरण केन्द्रबाट ३ हजार ७ सय ६७ किलोग्राम ६ सय ग्राम चामल, ९ सय ४२ किलोग्राम दाल र २ सय ८५ किलोग्राम ४ सय ६७ ग्राम तेल वितरण गरिएको छ ।
मार्मा गाउँपालिकाका ३८ विद्यालयका २ हजार ९ सय ३२ जना विद्यार्थीहरुले घरमा लैजाने खाद्यान्न पाएका छन् ।
मार्माको वितरण केन्द्र च्युरानीबाट ७ हजार ९ सय ९२ किलोग्राम चामल , १ हजार ९ सय ९८ किलोग्राम दाल र ६ सय ६ किलोग्राम तेल र पारिबगडबाट ९ हजार ६ सय किलोग्राम चामल, २ हजार ४ सय किलोग्राम दाल र ७ सय २८ किलोग्राम तेल वितरण गरिएको छ ।
शैल्यशिखर नगरपालिका १८ विद्यालयहरुका १ हजार ६ सय ३१ विद्यार्थीहरुले टेक होम खाद्यान्न पाएका छन् ।
गोकुलेश्वर वितरण केन्द्रबाट ८ हजार ५ सय ६८ किलोग्राम चामल, २ हजार १ सय ४१ किलोग्राम ५ सय ५० ग्राम दाल र ६ सय २६ किलोग्राम ३ सय ४९ ग्राम तेल वितरण गरिएको छ ।
अपीहिमाल गाउँपालिकामा खाद्य कार्यक्रम लागु भएका १९ विद्यालयका ९ सय ३४ विद्यार्थीहरुहले टेक होम खाद्यान्न पाएका छन् ।
मकरीगाड वितरण केन्द्रबाट ५ हजार ६ सय ४ किलोग्राम चामल, ४ हजार ४ सय १ किलोग्राम दाल र ४ सय २४ किलोग्राम दाल ९ सय ७० ग्राम दाल वितरण गरिएको छ ।
नौगाड गाउँपालिकाका ३६ वटा विद्यालयहरुका ३ हजार १ सय १४ विद्यार्थीहरुलाई टेक होम खाद्यान्न वितरण गरिएको छ ।
धुलिगाडा वितरण केन्द्रबाट ६ हजार ४ सय ४४ किलोग्राम चामल, १ हजार ६ सय ११ किलोग्राम दालर ४ सय ८८ किलोग्राम ६ सय ७० ग्राम दाल वितरण गरिएको छ भने जामिर वितरण केन्द्रबाट १२ हजार २ सय ४० किलोग्राम दाल, ३ हजार ६० किलोग्राम दाल र ९ सय २८ किलोग्राम २ सय ग्राम तेल वितरण गरिएको छ ।
मालिकार्जुन गाउँपालिकाका २१ वटा आधारभुत विद्यालयहरुका १ हजार ३६ विद्यार्थीहरुले खाद्यान्न पाएका छन् ।
डाडाकोट वितरण केन्द्रहरुबाट २ हजार ६ सय ८८ किलोग्राम चामल, ६ सय ७२ किलोग्राम दाल र २ सय ३ किलोग्राम तेल वितरण गरिएको छ भने शंकरपुर वितरण केन्द्रबाट ५ हजार ३ सय ४ किलोग्राम दाल, १ हजार ३ सय २६ किलोग्राम दाल र ४ सय २ किलोग्राम २ सय २० ग्राम दाल वितरण गरिएको छ ।
लेकम गाउँपालिकाका १० विद्यालयहरुका ३ सय ८९ जना विद्यार्थीहरुले टेक होम खाद्यान्न पाएका छन् ।
खरकडा वितरण केन्द्रबाट १ हजार ७ सय ७६ किलोग्राम चामल, ४ सय ४४किलोग्राम दाल र १ सय ३४ किलोग्राम ६ सय ८० ग्राम तेल वितरण गरिएको छ ।
ब्यास गाउँपालिकाका २० वटा विद्यालयका १ हजार ९१ जना विद्यार्थीहरुले टेक होम खाद्यान्न पाएका छन् । हुति वितरण केन्द्रबाट २ हजार २ सय ३८ किलोग्राम चामल, ५ सय ५९ किलोग्राम ५ सय ग्राम दाल र १ सय ६९ किलोग्राम ७ सय १५ ग्राम तेल वितरण गरिएको छ भने सुन्सेरा वितरण केन्द्रबाट ४ हजार ३ सय ८ किलोग्राम चामल १ हजार ७७ किलोग्राम दाल र ३ सय २६ किलोेग्राम ६ सय ९० ग्राम तेल वितरण गरिएको छ ।
दुहु गाउँपालिकाका १४ वटा विद्यालयहरुका १ हजार ६१ विद्यार्थीहरुलाई टेक होम खाद्यान्न बितरण गरिएको छ । धारी बितरण केन्द्रबाट ६ हजार ३ सय ३६ किलोग्राम चामल, १ हजार ५ सय ९१ किलोग्राम ५ सय ग्राम दाल र ४ सय ८२ ग्राम ७ सय ५५ ग्राम तेल वितरण गरिएको छ ।
दार्चुला जिल्लामा २०५७ सालदेखि लागु भएको शिक्षाको लागी खाद्य कार्यक्रमले आधारभुत तहका विद्यार्थीहरुलाई लिटो, तेल वितरण हुदै पछिल्लो समय दिवाखाजा वितरण गरिरहेको े शिक्षाका लागी खाद्य कार्यक्रम इकाई दार्चुलाका प्रमुख योगेन्द्र बहादुर बमंको भनाई छ ।
कोरोना प्रभावले विद्यार्थीहरु नयाँ शैक्षीक सत्रमा भर्ना नभएको र शिक्षाको लागी खाद्य कार्यक्रमका लागी विद्यालयहरु संग नयाँ सम्झौता नभएको अवस्थामा गत शैक्षिक सत्रको विद्यार्थी तथ्याङ्कका आधारमा विद्यार्थीहरुलाई टेक होम खाद्यान्न वितरण गरेको उहाँको भनाई छ ।