Friday, July 31, 2026

काली पारी

धारचुलाका पूर्व ब्लकप्रमुख होशियार सिंह खैरको निधन

दार्चुला, असार २७ गते । भारतको पिथौरागढ जिल्लाअन्तर्गत धारचुला क्षेत्रका पूर्व ब्लकप्रमुख होशियार सिंह खैरको शनिवार निधन भएको छ । हृदयघातबाट ५२ वर्षको उमेरमा उहाँको निधन भएको धारचुलाका स्थानीय मिडियाहरुले खबर सार्वजनिक गरेका छन् । धारचुला बजारमा बसोबास गर्दैआएका खैरको स्वास्थ्यमा समस्या आएपछि आफन्तजनले धारचुलास्थित उप जिल्ला चिकित्सालय पुर्याएका...

आधार कार्ड देखाएर नेपाल आउनखोज्दा जर्मन महिला पक्राउ

दार्चुला, असार २१ गते । भारतको झुलाघाट नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने एक जर्मन नागरिकलाई भारतीय सीमा सुरक्षा वल (एसएसवी)ले पक्राउ गरेको छ । जुलाघाट नाकाबाट बैतडी प्रवेश गर्नेक्रममा ५८ वर्षिय बारबरा रिनट क्राउज नाम गरेकी महिला शनिवार समातिएका हुन् । भारतीय आधारकार्ड देखाएर ती महिला नेपाल प्रवेश गर्न खोज्दै...

भारतीय सेना प्रमुखमा धीरज सेठ

काठमाडौं, जेठ ३० गते । भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल धीरज सेठ नियुक्त भएका छन्।  भारत सरकारले शनिबार सेठलाई नयाँ सेना प्रमुख नियुक्त गरेको हो। उनी हाल भारतीय सेनाको उप–सेनाध्यक्षका रुपमा कार्यरत छन्।  वर्तमान सेनाध्यक्ष उपेन्द्र द्विवेदी ३० जुनमा अवकास पाउँदै छन्। त्यसपछि लेफ्टिनेन्ट जनरल सेठले सेनाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्। उनी ३० जुनमा भारतीय...

पिथौरागढका डिएम फेरिए

दार्चुला, भाद्र २५ गते । उत्तराखण्ड सरकारले पिथौरागढ जिल्लामा डिएम परिवर्तन गरेको छ । भदौं १९ गते अर्थात सेप्टेम्बर ४ तारेखको राती अनपेक्षित रुपमा जिलाधिकारी (डिएम) परिवर्तन गरिएका छन् । करिब डेढ वर्षदेखि पिथौरागढ जिल्लाको डिएम रहदैआएका रिना जोशीको ठाउँमा विनोद गिरी गोस्वामीलाई पठाइएको छ । जोशीलाई जगेडामा राखिएको...

तावाघाटदेखि गुञ्जीसम्म विद्युत प्रशारण निर्माण गरिने

दार्चुला, वैशाख १८ गते । भारतको तावाघाटदेखि गुञ्जीसम्म ६५ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ । ३३ केभीए क्षमताको प्रशारण लाइन निर्माणका लागि टेण्डर निकाल्ने तयारी भइरहेको ऊर्जा निगमले जनाएको छ । हालसम्म राष्ट्रिय ग्रिड जोडिन नसकेका गाउँहरुमा विद्युत सेवा पुर्याउने उद्देश्यले प्रशारण लाइन निर्माणको गृहकार्य थालिएको...

हेलिकोप्टरबाट ॐ पर्वत दर्शन यात्रा सुरु

दार्चुला । भारतको उत्तराखण्ड सरकारले अतिक्रमित नेपाली भूमिमा पर्ने ॐ पर्वत दर्शन यात्रा सुरु गरेको छ । उत्तराखण्ड पर्यटन विकास परिषद्ले धार्मिक पर्यटकहरुलाई हेलिकोप्टरमार्फत यात्रा गराउन सुरु गरेको हो । अतिक्रमित नेपाली गाउँहरु कुटी, नाभी र गुञ्जीभन्दा पूर्वमा रहेको लिपुखोला वारीको ॐ पर्वतलाई धार्मिक आकर्षणको केन्द्र बनाएर पर्यटन प्रवद्र्धन भइरहेको...

पिथौरागढमा हवाइसेवा सुरु

दार्चुला, माघ १६ गते । भारतको पिथौरागढस्थित नैनीसैनी एयरपोर्टबाट हवाइसेवा सुरु गरिएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले मंगलवार हवाइसेवाको शुभारम्भ गरेका छन् । सन् २०१९ मा सुरु भएर केही महिनामै बन्द भएको पिथौरागढको हवाइसेवा पुनः सुचारु गरिएको हो । पिथौरागढबाट देहरादूनसम्म १९ सिट क्षमताको विमानबाट हवाइसेवा सञ्चालन सुरु...

भारतीय प्रधानमन्त्री मोदीले गरे आदि कैलाश पर्वतको दर्शन

दार्चुला,असोज २५ गतेभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अदि कैलाश पर्वतको दर्शन गरेका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ । नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदीले कैलाश पर्वत र पार्वती सरोवरको दर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान...

प्रधानमन्त्री मोदी पिथौरागढ आउदै,आदि कैलाशको दर्शन गर्ने

दार्चुला,असोज ७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी असोज २४ र २५ गते अर्थात अक्टुबर ११ र १२ मा पिथौरागढ आउने भएपछि तयारी तिब्र पारिएको छ । उच्च हिमाली क्षेत्र नारायण आश्रम लगायत ज्योलिंगकोंग र गुन्जी सम्म पुग्ने तयारी भइरहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री...

पिथौरागढमा ८० दिनमा २ हजार मतदाता बढे

दार्चुला, माघ २५ गते । भारतको पिथौरागढ जिल्लामा ८० दिनको अवधिमा २ हजार ३ सय ६१ मतदाता बढेका छन् । भारतको निर्वाचन आयोगले जनवरी २७ मा सार्वजनिक विवरणअनुसार ४ वटा विधानसभाका निर्वाचन क्षेत्र रहेको पिथौरागढ जिल्लामा दुई हजारभन्दा बढी मतदाता थपिएका हुन् । थपिएका मतदातामध्ये १ हजार २ सय ८१...

लोकप्रिय