सांसद हर्क साम्पाङका गहकिला कुराहरु ः

0
30

श्रम संस्कति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर टिंकर सडक र सीमाक्षेत्रको अवस्थाबारे गम्भीर र महत्वपूर्ण कुराहरु राखेका छन् । साम्पाङको यो भाषणले सीमावर्ती क्षेत्रका नागरिकको मन छोएको छ ।
व्यास गाँउपालिका वडा नम्बर २ दुम्लिङमा असार १६ गते झोलुंगे पुल उद्घाटन गरेका साम्पाङले सीमाक्षेत्रको भ्रमण, अवलोकन र अनुभव गरेका छन् । आफ्नो भ्रमणलत्तगै साम्पाङले सीमाक्षेत्रको अवस्था र आवश्यकताबारे संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । साम्पाङले बोलेका महत्वपूर्ण कुराहरु यसप्रकार छन् ः
१) त्यो टिंकर सडक टिंकर भञ्ज्याडसम्म, एक नम्बर पिलरसम्म पुर्याउनुपर्ने सडक रहेछ । तर अहिलेसम्म यो सडक बन्न सकेको छैन ।
२) प्रत्येक वर्ष १ करोड, ४ करोड यस्तो खालको मात्रै पैसा विनियोजित हुने रहेछ ।
३) हामी राष्ट्रिय गौरवका योजनाहरु भन्छौ, थुप्रै योजनाहरु पनि छन्, हामीले बनाइराखेका छौं । तर हाम्रो राष्ट्रिय गौरवका योजना सीमावर्ती क्षेत्रमा हुनुपर्छ ।
४) पारिपट्टि हेर्यो लिपुलेकको नाका जाने दुइ लेनको चिल्लो सडक । वारिपट्टि हेर्यो बिजोग अवस्था– ढुंगा झरिराखेको, पहिरो झरिराखेको । मुश्किकले हल्लिदै उफ्रिदै गयो । मिस्टेक भयो भने एक किलोमिटर जति भर्टिकल्ली महाकालीमा खस्नुपर्ने अवस्था ।
५) पारिपट्टिबाट, भारतबाट जादा दुइ घण्टामा खलंगा पुगिने रहेछ । वारिपट्टिबाट जादा एक दिन लाग्ने रहेछ । फेरि गाडी चल्दैन, रिजर्ब ल्याउनुपर्ने ।
६) पारिपट्टिबाट भारु २ सय तिरेर खलंगा पुग्न सकिदो रहेछ । वारिपट्टिबाट गाडी रिजर्ब गर्दा २५ देखि ३० हजार रुपैयाँ तिर्नुपर्ने रहेछ ।
७) त्यहीभएर दुम्लिङ एरियाका मान्छेहरु अवैध तुइन थापेर पारिपट्टिबाट यात्रा गर्दा प्रत्येक घरमा एकजना, दुइजना मान्छे बितेका रहेछन् । यसबारे सरकारले गम्भीर ध्यानाकर्षण गर्नुपर्छ ।
८) त्यो टिंकर सडक जतिसक्दो चाँडो बनोस् । हाम्रो देशमा पनि बाटो होस् । हाम्रो देशको बाटो नबन्दाखेरी लाजमर्दाे कुरो छ । दुःखको कुरो त कति छ कति ।
९) त्यो सडक भनेको हाम्रो सीमा रक्षाको कुरो पनि हो । अहिले सीमानाको कुरा थुप्रै आइराखेका छन् । यही रोष्ट्रमबाट प्रधानमन्त्री ज्यूले आफ्नो कुरा सच्याउनुपर्छ भन्ने माग पनि हामीले गरिराखेका छौं ।
१०) यदि सीमाना रक्षा गर्ने हो भने सीमावर्ती क्षेत्रमा हामीले स्तरीय बाटो बनाऔं । बरु भित्रका बाटा नबनाऔं । पैसा छैन भने अलि पछि बनाऔं । तर सीमाक्षेत्रमा हामीले विकास गरिएन भने हाम्रो राष्ट्रियता पनि कमजोर हुन्छ ।
११) कतिपयलाई लागिरहेको थियो– हामी त पारिकै भए पनि हुन्थ्यो भनेर । कतिपय त्यहाँका नेपालीले भन्दैथिए । नेपाली भएर जन्मिनुमा उसले आफुलाई दोषिरहेछ । यो गल्ती कस्को ? तपाई हामी जस्तै राजनीति गर्नेहरुको गल्ती हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here