आधार कार्ड देखाएर नेपाल आउनखोज्दा जर्मन महिला पक्राउ

0
37

दार्चुला, असार २१ गते ।
भारतको झुलाघाट नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने एक जर्मन नागरिकलाई भारतीय सीमा सुरक्षा वल (एसएसवी)ले पक्राउ गरेको छ । जुलाघाट नाकाबाट बैतडी प्रवेश गर्नेक्रममा ५८ वर्षिय बारबरा रिनट क्राउज नाम गरेकी महिला शनिवार समातिएका हुन् ।
भारतीय आधारकार्ड देखाएर ती महिला नेपाल प्रवेश गर्न खोज्दै थिइन । सीमापुलमा एसएसबीका सुरक्षाकर्मीले चेकजाँच गर्नेक्रममा ती महिला समातिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
हिमांशु नाम गरेका एकजना भारतीय नागरिकसंगै ती महिला नेपाल प्रवेश गर्न खोजेकी थिइन । एसएसबीले शंकास्पद ठानेर सोधपुछ गरेपछि जर्मन नागरिक भएको र भारतीय आधार कार्ड देखाएर नेपाल प्रवेश गर्न खोजेको खुलेको छ ।
जुलाघाटको सीमापुलबाट तेस्रो देशका नागरिकलाई आवतजावत गर्न निषेध छ । पक्राउ परेका महिलालाई शनिवारनै थप अनुसन्धानका लागि पिथौरागढ पठाइएको छ ।
आफु व्यापारिक भिसा लगाएर जर्मनबाट भारत आएको ती महिलाले बताएकी छिन् । सोधपुछको क्रममा ती महिलासंग व्यापारिक भिसाका साथै भारतीय आधारकार्ड पनि फेला परेको एसएसबीले जनाएको छ । भारतीय शहर गोवाबाट ती महिलाले आधारकार्ड बनाएको तथ्य खुलेको झुलाघाटस्थित एसएसबीका सहायक कमान्डेन्ट प्रतिकले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here