मुनस्यारीको क्वारेन्टाइनमा रहेकी एक महिलाको मृत्यु

0
1017

बिरा दत्त भट्ट, दार्चुला । भारतको पिथौरागढ जिल्ला अन्र्तगत मुनस्यारी तहशिलमा क्वारेन्टाइमा रहेकी एक महिलाको मृत्यु भएको छ ।
जेठ ९ गते देखि संस्थागत क्वारेन्टाइमा रहेकी खोयम जेर्थी गाउँको क्वारेन्टाइनमा रहेकी महिलाको मृत्यु भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
खोयम जेर्थीगाउँ निवासी मृतक शान्ती देबि पन्त जेठ ९ गते आफ्ना २ छोराछोरी सहित हल्द्धवानी बाट आएकी थिइन् ।
खोयम जेर्थी गाउँको प्राथमीक विद्यालयमा रहेको संस्थागत क्वारेन्टाइनमा उनको सोमबार मृत्यु भएको बताइएको छ । यस घटनाले गाउँ बासि त्रसित बनेका छन् ।
खोयम जेर्थी गाउँका प्रधान राजेन्द्र सिह दानुका अनुसार उक्त ठाउँमा प्रहरी पुगेको र घटना बारे अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here