भुकम्प अपडेट:जाजरकोटमा ५४ जनाकाे मृत्युु

0
530

दार्चुला ।
जाजरकोटमा शुक्रबार रातिको भूकम्पले ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ । शुक्रबार राति ११:४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा मानवीय र भौतिक क्षति भएको छ ।
रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।
जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’
पछिल्लो विवरणअनुसार जाजरकोटमा १४ महिला र १२ पुरुषको मृत्यु भएको छ । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
जिल्ला अस्पताल बिरामीले भरिएका छन् । सर्वसाधारणको रुवावासी चलेको छ । उद्धारको क्रम जारी रहेकाे प्रहरीले जनाएको छ ।