नेपाल भारत सिमा विवादः कालापानी क्षेत्रमा भारतीय वायु सेनाको फाइटर विमानले उडान भरेको दाबी

1014
सांकेतिक तस्बीर

दार्चुला, असार २१ गते ।

नेपाली अतिक्रमीत भुमी लिपुलेक, लिम्पीयाधुरा र कालापानी क्षेत्रमा भारतीय वायु सेनाको जेट फाईटर विमानले पछिल्लो एक महिनाको अवधिमा २ पटक उडान भरेको छ ।
नेपाल, चीन र भारतको त्रिदेशीय सिमा क्षेत्र रहेको लिम्पीया धुरा क्षेत्र सहित नेपालले आफ्नो नयाँ नक्सामा दाबी गरेको भुभाग लगायत सिमा क्षेत्रमा भइरहेको गतिविधि निगरानीका लागी भारतीय वायुसेनाको जेट फाईटर विमानले एक महिनामा २ पटक उडान भरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
एक महिना पहिले चीनीया सैनिकले भारतीय सेनालाई लिपुलेक छोड्न धम्की दिएको र लिपुलेक क्षेत्रमा चीनीया झण्डा फहराएको भारतीय सेनाले दाबी गरेको थियो ।
नेपालले नयाँ नक्सा जारी गरेपछि अतिक्रमीत क्षेत्रमा भारतले सुरक्षा तन्त्र बलियो बनाएको भारतीय सञ्चारमाध्ययमहरुले समाचार लेखेको छन् ।
नेपालले पनि भारतले अतिक्रमण गरेको नेपाली भुमी नजिक छाङरुमा गत बैसाख ३१ गते सशस्त्र प्रहरीको बोडर आउट पोष्ट स्थापना गरि सिमा क्षेत्रको निगरानी बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !