नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङ सम्मानित

0
685

दार्चुला, माघ २२ गते । 
नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङ सम्मानित भएका छन् । विहिबार प्रादेशिक निर्देशनालय अत्तरियामा भएको नेपाल टेलिकमको १७ औ बार्षिकोत्सब कार्यक्रममा टेलिकम दार्चुलाका प्रमुख गुरुङ  दीर्घसेवा पदकबाट सम्मानित भएका छन् ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेडमा २० बर्ष भन्दा बढी सेवा गरेकोले कम्पनीको बार्षिकोत्सब कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । उक्त पदकबाट सम्मानित गरेकोमा टेलिकम दार्चुलाका प्रमुख गुरुङले नेपाल टेलिकमलाई धन्यबाद ज्ञापन गरेका छन् ।