बन्दको प्रभाव दार्चुलामा पनिः विद्यालय बन्द , सवारी साधन स्कटीङ गरि सञ्चालनमा

700

दार्चुला, माघ २२ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले विहिबार नेपाल बन्दको आव्हान गरेको छ । बन्द को असर दार्चुलामा पनि परेको छ । बन्दको अवस्थालाई मध्यनजर गरि प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो ।

लामो दुरी तथा छोटो दुरीका सवारीसाधनहरु स्कटीङ गरेर सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । ‘लामो तथा छोटो दुरीका सवारी साधनहरु ६/७ जति जम्मा पारेर जिल्ला प्रहरीले धाप प्रहरी चौकी सम्म, धापबाट दत्तु सम्म, दत्तुको प्रहरी चौकीबाट पस्ती, पस्तीको चौकीबाट चौतलिचौर र मालिकार्जुनको प्रहरी चौकीले गोकुलेश्वर सम्म पुगाइरहेको छ ’ उहाँले भन्नुभयो । प्रहरी प्रधान कार्यालयबाटै सवारी साधनको सुरक्षाका लागि स्कटीङ गर्न आदेश आएकाले सोहि अनुसार कार्य भइरहेको उहाँको भनाई छ । विहान दार्चुला सदरमुकामबाट छुटेका लामो तथा छाटो दुरिका सवारीसाधनहरुलाई प्रहरीेले स्कटीङ गरि गन्तब्य तर्फ पठाएको प्रहरी निरिक्षक ऐरीले जाकारी दिनुभयो । बन्द हड्ताल घोषणाको अवस्थालाई मध्यनजर गरि प्रहरी कार्यालयको कामकाज बाहेकका प्रहरीहरुलाई परिचालन गर्ने गरि तयार अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

विद्यालय बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माविका विहानका कक्षाहरुमा बन्द गरिएकोछ । बन्द कर्ताहरुले अवरोध गरेकोले विहानका कक्षाहरु बन्द गरिएको विद्यालयका प्रधानाध्यापक राम दत्त जोशीले जानकारी दिनुभयो । महेन्द्र नमुना माविका कक्षा ११ र १२ का कक्षाहरु विहान ६ बजे देखि सञ्चालन गरिने भएपनि आज विहान कक्षा सञ्चालनका बेला अवरोध गरेका कारण विहानका कक्षाहरु बन्द गरिएको उहाँले जानकारी दिनुभयो । दिउसोका कक्षाहरु बताबरण हेरि सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने निर्णय गरिने उहाँको भनाई छ ।

बन्द सफल पार्न प्रचण्ड माधव पक्षको अनुरोध

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले विहिबार देश ब्यापीरुपमा आम हड्तालको घोषणा गरेको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार दार्चुला पनि बन्द आव्हान गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष गणेष सिह खत्रीले जानकारी दिनुभयो । विहिबार आम हड्ताल घोषणा गरिएको भएकाले दार्चुला बजारका सम्पुर्ण पसहरु, विद्यालयहरु, शैक्षिक संस्था, सरकारी कार्यालय तथा यातायातहरु बन्द गरिने उहाँको भनाई छ । बन्द सफल पार्नका लागि बन्द गरि सहयोग गरिदिन अध्यक्ष खत्रीले अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असम्बैधानिक कदमका विरुद्ध आम हड्ताल गर्न लागिएको संविधान र देशको रक्षाका लागि सबैले एकजुट हुनुपर्ने अध्यक्ष खत्रीको भनाई छ । बन्द आव्हानको अवज्ञा गरे विप्लव माओबादीको जस्तै हिंसात्मक तथा क्षती गर्नेगरि आम हड्ताल गर्न लागिएको हो भन्ने कालापानी न्युज डटकमको प्रश्नमा अध्यक्ष खत्रीले शान्तीपुर्ण बन्द आव्हान गरिएको भएपनि स्थिति अनुसार कमद चालिने प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !