Sunday, April 5, 2026

समाचार

हर्क साङपाङको प्राविधिक टोलीलाई जनप्रतिनिधि र स्थानीयको स्वागत, सिडिओको त्रास

दार्चुला, चैत्र १० गते । तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणको गृहकार्य गर्न दार्चुला पुगेको सांसद हर्क साङपाङको प्राविधिक टोलीलाई जनप्रतिनिधिहरु र स्थानीय जनताले भव्य स्वागत गरेका छन् भने दार्चुलाका सिडिओ अनिल पौडेलले त्रास देखाएका छन् । दार्चुलामा कुनै पनि सामाजिक कार्य वा विकास निर्माण गर्न सर्वदलिय सहमति आवश्यक...

नागुवासीको चुनाव वहिस्कार, उम्मेदवारहरुको नागु वहिस्कार

दार्चुला, फागुन १७ गते । नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कारको घोषणा गरेका छन् भने निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका सबै उम्मेदवारहरुले नागुक्षेत्रलाई वहिस्कार गरेका छन् । दल्लेख–नागु–सिना सडक निर्माणको प्रमुख मागसहित नागुक्षेत्रका स्थानीयले माघ १ गतेदेखि चुनाव वहिस्कारको घोषणा गर्दैआएका छन् । पछिल्लो समय माघ १७...

दलहरुको अपिल पनि पत्याएनन् नागुवासी

दार्चुला, फागुन १६ गते । नागुक्षेत्रले घोषणा गरेको निर्वाचन वहिस्कारलाई फिर्ता गराउने अर्को प्रयास असफल भएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले चुनावी मैदानमा रहेका राजनीतिक दलहरुका तर्फबाट अपिल जारी गर्न लगाए पनि निर्वाचन वहिस्कारलाई नागुवासीले निरन्तरता दिने बताएका छन् । फागुन १५ गते शुक्रवार मात्रै जिल्ला प्रशासन...

निर्वाचन वहिस्कार गर्ने नागुवासीको निस्कर्ष

दार्चुला, फागुन १६ गते । नौगाड गाउँपालिका वडा नम्बर १ नागुक्षेत्रका वासिन्दाले प्रतिनिधिसभा सदस्य निर्वाचन वहिस्कार गर्ने यसअघिको घोषणा पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् । शनिवार स्थानीयवासीको भेलाले निर्वाचन वहिस्कारको पूर्ववत घोषणामा सिंगो क्षेत्रको ऐक्यवद्धता र प्रतिवद्धता दोहर्याएको छ । नागु क्षेत्र विकास सरोकार संघर्ष समितिका संयोजक करन सिंह...

एक महिनादेखि टिंकर सडक निर्माण बन्द

दार्चुला, फागुन १६ गते । नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला (तुषारपानी)–टिंकर सडक निर्माण एक महिनादेखि बन्द रहेको छ । सडक निर्माणका लागि छुट्याइएको बजेट सकिएपछि सडक निर्माण कार्य बन्द भएको हो । सरकारले चालू आर्थिक वर्षमा टिंकर सडक निर्माणका लागि एक करोड रुपैयाँ मात्रै बजेट छुट्याएको छ । टिंकर...

‘मतदानका लागि शान्तिपूर्ण र भयरहित वातावरण छ’

दार्चुला, फागुन १६ गते । दार्चुलामा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन भइरहेको बताइएको छ । शुक्रवार पत्रकार सम्मेलन आयोजना गरी मुख्य निर्वाचन अधिकृत र जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण रहेको बताएको छ । निर्वाचनको घोषणा भएदेखि जिल्लास्तरमा पहिलोपटक निर्वाचन सम्बन्धि पत्रकार सम्मेलन...

निर्वाचनका लागि दार्चुलामा एसपीको कमाण्ड

दार्चुला, फागुन १६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा कमाण्ड सम्हाल्न नेपाल प्रहरीले दार्चुलामा एसपी छेविलाल कामतीलाई खटाएको छ । शान्ति सुरक्षाको जिम्मेवारी थप व्यवस्थित र प्रभावकारी बनाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशभरका सबैजसो जिल्लाका उच्च सुरक्षा अधिकारीहरु परिचालन गरेको हो । निर्वाचन अवधिभरको सुरक्षा परिचालन र कमाण्ड सम्हाल्न...

बडूविनाको प्रतिस्पर्धामा कस्ले मार्ला बाजी ?

दार्चुला, फागुन १५ गते । २०४८ सालदेखिका हरेक निर्वाचनमा उम्मेदवार बन्दै आएका काग्रेस नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले यसपटक विश्राम लिएका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन बाहेकका सबै निर्वाचनमा बडूले प्रतिस्पर्धा गरेको इतिहास छ । छ पटक चुनाव लडेका काग्रेस नेता बडूले तीन पटक चुनाव जिते भने...

गतवर्षका ६८ मध्ये ६६ मुद्दा फस्र्यौट

दार्चुला, फागुन १५ गते । दार्चुला जिल्ला अदालतमा गतवर्षदेखि थाति रहेका ६८ मध्ये ६६ मुद्दाहरुको फस्र्यौट गरेको छ । जिल्ला न्यायाधिश भुवन गिरीले गतवर्षदेखि जिम्मेवारी सरिआएका पुराना मुद्दाहरु प्राथमिकताका साथ फस्र्यौट गरिएको बताएका छन् । विहिवार पत्रकारहरुसंगको छलफलमा जिल्ला न्यायाधिश गिरीले गत वर्षका दुइटा मुद्दा मात्रै फस्र्यौट हुन बाँकी रहेको...

नौवटै स्थानीय तहमा इन्सपेन्क्टरको कमाण्ड

दार्चुला, फागुन १५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाका नौवटै स्थानीय तहमा नेपाल प्रहरीले इन्सपेक्टरको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको छ । मतदान हुनुभन्दा एक हप्ताअघि नै सबै पालिकाको भूगोलमा इन्सपेक्टरहरु खटाइएका छन् । निर्वाचनको शान्तिसुरक्षामा प्रहरी पहिलो घेरामा रहनेछ । मतदानको दिनभन्दा पहिलेदेखि नै सुरक्षाकर्मी खटाएर सुरक्षाको उपस्थिति र...

१८ वर्षपछि जीत दोहर्याउने रणनीतिमा ‘सुरज’

दार्चुला, फागुन १३ गते । प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार लक्ष्मणदत्त जोशी ‘सुरज’ १८ वर्षपछि जीत दोहर्याउने रणनीतिमा छन् । पहिलो संविधानसभा निर्वाचन २०६४ मा तत्कालिन नेकपा (माओवादी)का तर्फबाट विजयी भएका जोशी यसपाली दोस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछिका निर्वाचनहरुमा भने...

राप्रपाप्रति जनलहर देखिएको छ ः उम्मेदवार चन्द

दार्चुला, फागुन १३ गते । दार्चुलाका जनताको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)प्रति समर्थन बढिरहेको उम्मेदवार राजेश चन्दले बताएका छन् । माघ ६ गते उम्मेदवारी दर्तादेखि जिल्लाका गाउवस्तीहरुमा प्रचारप्रसार गर्दै आएका चन्दले राप्रपाप्रति जनलहर देखिएको दावी गरेका छन् । हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दासहित आफ्नो पार्टी चुनावमा उत्रिएको चन्दले बताउनुभयो । ‘हामी...

अरु सबै एकातिर, हामी अर्कोतिर छौं ः रास्वपा उम्मेदवार

दार्चुला, फागुन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश सिंह सामन्तले निर्वाचनको जनमतमा ‘अरु सबै पार्टी एकातिर र आफ्नो पार्टी अर्कोतिर’ रहेको बताएका छन् । कुल खस्ने मतमध्ये ५० प्रतिशत मत आफुले प्राप्त गर्ने उहाँको दावी छ । ‘मतदाताले परिवर्तन चाहेका छन्, जताततै सबैतिर यसपटक मत बदल्छौं...

एमालेको अग्रता भएका पालिकामा काग्रेस केन्द्रीत

दार्चुला, फागुन १२ गते । नेकपा (एमाले)को बलियो पकड ठानिएका स्थानीय तहमा केन्द्रीत भएर नेपाली काग्रेसले चुनावी प्रचारप्रसार गरिरहेको छ । विगतको निर्वाचनमा एमालेले बढी मत प्राप्त गरेको भूगोलमा केन्द्रीत भएर जनमत आफुतिर तान्ने रणनीतिमा काँग्रेसका उम्मेदवार धर्मानन्द जोशी छन् । आफ्नो गृहक्षेत्र समेत रहेको शैल्यशिखर नगरपालिकामा उम्मेदवार जोशीले...

आफ्नो ‘समानुपातिक मत’ सुरक्षित राख्ने एमालेको रणनीति

दार्चुला, फागुन १२ गते । दार्चुलामा आफ्नो समानुपातिक मत सुरक्षित राख्ने रणनीति नेकपा (एमाले)ले लिएको छ । २०७९ को निर्वाचनमा प्राप्त २४ हजार ८ सय ८३ मतलाई सुरक्षित राख्न सक्दा सहजै चुनाव जितिने एमालेको आकलन छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा विगतको भन्दा जनमत घट्ने आन्तरिक आकलन पनि एमालेमा गरिएको...

लोकप्रिय