समाचार
दार्चुलाका दर्जन सडक प्रदेश लोकमार्ग
दार्चुला, असार १६ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले सडकहरुको वर्गिकरण गरेको छ । प्रदेशभरीका ३ सय ७९ वटा सडकहरुलाई तीन श्रेणीमा वर्गिकरण गरी प्रदेश राजपत्रमार्फत सार्वजनिक गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टको हस्ताक्षरसहित गत जेठ १५ गते प्रदेश सडकहरुको विवरण सार्वजनिक गरिएको हो । प्रदेश लोकमार्ग,...
छोटो समयमा कोरिडोरहरु बने, सानो उपलब्धि होइन ः प्रधानमन्त्री ओली
दार्चुला, असार १५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर–दक्षिण सडक कोरिडोरहरुको निर्माण गरिनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकारले सडक कोरिडोरहरु निर्माण गरेको विषय ‘सानो उपलब्धि नभएको’ उहाँको भनाई छ ।
जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल अब ‘दुर्गम नरहेको’ बताएका...
महाकाली सन्धिको विरोध पाखण्डी थियो ः प्रधानमन्त्री ओली
दार्चुला, असार १५ गते ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिको विरोध गर्ने कार्य पाखण्डी भएको बताएका छन् । २९ वर्षअघि पारित भएको महाकाली सन्धि ठिक रहेको समेत उहाँको भनाई छ ।
शनिवार मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महाकाली सन्धिको विरोध गर्नेहरुमाथि प्रहार...
उत्तर–दक्षिण सडकमध्ये सबैभन्दा कम बजेट महाकाली कोरिडोरमा
दार्चुला, असार १४ गते ।
सरकारले पूर्वदेखि पश्चिमसम्मको भूगोलमा उत्तर–दक्षिण जोड्ने गरी झण्डै एक दर्जन सडक निर्माण गरिरहेको छ । यीमध्ये केही सडकहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने अधिकांश सडक निर्माणाधिन अवस्थामा छन् । निर्माणाधिन उत्तर–दक्षिण सडकमध्ये महाकाली कोरिडोरमा सबैभन्दा कम बजेट विनियोजन गरिएको छ ।
पूर्व–पश्चिम जोड्ने महेन्द्र...
नयाँ भवन बन्नुपर्ने तिंकरमा मर्मतका लागि साढे ८ लाख बजेट
दार्चुला, असार १३ गते ।
नेपाल–चीन सिमा नजिकको तिंकरस्थित इलाका प्रहरी कार्यालय वर्षौदेखिको जीर्ण भवनमा सञ्चालन भइरहेको छ । पञ्चायतकालमै निर्माण भएका भवनहरु मर्मत गर्दै सुरक्षाकर्मीहरु तिंकरको छियालेकमा बस्दैआएका छन् । अन्तर्राष्ट्रिय सिमा नाकाको प्रहरी कार्यालय व्यवस्थित र सुरक्षित हुनुपर्नेमा जीर्ण भवनमा इप्रका सञ्चालित छ ।
सिमा प्रहरी चौकीबाट इलाका...
टिंकर सडकमा अर्थले बजेट घटायो ः भौतिक मन्त्री दाहाल
दार्चुला, असार १२ गते ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाली सेनाबाट निर्माण भइरहेको टिंकर सडक खण्डमा आफ्नो मन्त्रालयले प्राथमिकतासहित बजेट प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले बजेट घटाएको बताएका छन् ।
असार ९ गते बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा विभागिय मन्त्रीले यस्तो जवाफ दिएका हुन् । मन्त्री...
`दार्चुलाको ५० रोपनी जग्गा भारतलाई बेचिएको हो ?’- प्रदेशसभा सदस्य धामी
धनगढी, जेठ १९ गते ।
सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा सोमबार माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री मानबहादुर धामीले दार्चुलाको सीमा क्षेत्रमा भइरहेको भारतीय अतिक्रमणबारे गम्भीर प्रश्न उठाएका छन् ।
धामीले सदनमा बोल्दै २०७० सालको विनाशकारी बाढीपछि नेपालतर्फको वन कार्यालयको करिब ५० रोपनी जग्गा भारतले तटबन्ध निर्माण गरेर अतिक्रमण...
सत्ताइस सडक योजनामा २५–२५ लाख बजेट
दार्चुला, असार ११ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ मा दार्चुलाका २७ सडक योजनाहरुमा २५–२५ लाख बजेट विनियोजन गरेको छ । असार १ गते प्रदेशसभामा प्रस्तुत गरिएको बजेटमा दार्चुलाभरीका तीन दर्जन सडक योजनामा बजेट राखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय बैतडीबाट कार्यान्वयन हुने सडक...
सुपका तिनवटै उत्तर–दक्षिण जोड्ने सडकमा बजेट घट्यो
दार्चुला, असार ११ गते ।
आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुदूरपश्चिम प्रदेशमा निर्माणाधिन तिनवटै उत्तर–दक्षिण जोड्ने सडकमा बजेट घटाइएको छ । महाकाली कोरिडोर, सेती राजमार्ग र खुटिया–दिपायल–बझाङ सडकको बजेट कटौती गरिएको हो ।
सुदूरपश्चिम प्रदेशको भूगोलमा हाल तराईदेखि पहाड हुँदै हिमाली क्षेत्रको अन्तर्राष्ट्रिय सिमा जोड्नेगरी तिनवटा सडक निर्माणाधिन छन्...
कैलाश यात्रीलाई आदि कैलाश दर्शनको पनि अवसर
दार्चुला, असार १० गते ।
भारत सरकारको व्यवस्थापनमा सञ्चालन हुने कैलाश–मानसरोवर यात्रामा सहभागी तिर्थयात्रुहरुले आदि कैलाश दर्शनको अवसर पनि पाउने भएका छन् । कोभीड महामारीका कारण पाँच वर्षदेखि बन्द रहेको कैलाश–मानसरोवर यात्रा यो वर्षदेखि पुनः सञ्चालन हुँदैछ ।
दिल्लीबाट टनकपुर हुँदै कैलाश–मानसरोवर यात्रुहरु लिपुलेक नाकाबाट तिब्बत प्रवेश गर्नेछन् । आगामी...
धारचुला पुलमा जिलेटिनसहित सेनाका हवल्दार समातिए
दार्चुला, जेठ २७ गते ।
भारतको सशस्त्र सिमा वल (एसएसवी)ले नेपाली सेनाका एक हवल्दारलाई जिलेटिन र डेटोनेटरसहित पक्राउ गरेको छ । आइतवार दिउसो धारचुलाबाट नेपाल आउदै गर्दा एसएसवीले चेकजाँचको क्रममा सेनाका हवल्दार यामवहादुर खत्रीलाई पक्राउ गरेको हो ।
टिंकर सडक निर्माणमा खटिएका खत्री व्यासको दुम्लिङ–थिइ क्षेत्रबाट घरविदा जानेक्रममा थिए ।...
टिंकर सडक ः सर्वाधिक न्युन बजेट विनियोजनको रिकर्ड बनाए ओली–पौडेलले
दार्चुला, जेठ २५ गते ।
केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री भएको बेला महाकाली कोरिडोरअन्तर्गतको टिंकर खण्डमा आर्थिक वर्ष २०७८÷७९ मा हालसम्मकै सबैभन्दा बढी बजेट विनियोजन गरिएको थियो । ओली र पौडेलले साविककै जिम्मेवारी सम्हालेको बेला आर्थिक वर्ष २०८२÷८३ को बजेटमा भने टिंकर सडकमा सर्वाधिक न्युन...
`दार्चुलाको ५० राेपनी जग्गा भारतलाई बेचिएको हाे ?´
धनगढी, जेठ १९ गते ।
सुदूरपश्चिम प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा सोमबार माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री मानबहादुर धामीले दार्चुलाको सीमा क्षेत्रमा भइरहेको भारतीय अतिक्रमणबारे गम्भीर प्रश्न उठाएका छन् ।
धामीले सदनमा बोल्दै २०७० सालको विनाशकारी बाढीपछि नेपालतर्फको वन कार्यालयको करिब ५० रोपनी जग्गा भारतले तटबन्ध निर्माण गरेर अतिक्रमण गरिरहेको...
ओली, देउवा, अर्थमन्त्री र भौतिकमन्त्रीको गृहजिल्लामा एक अर्ब ७७ करोडका नयाँ सडक, टिंकर सडकमा...
दार्चुला, जेठ २२ गते ।
त्रिदेशीय सिमाक्षेत्र, राष्ट्रिय स्वाभिमान र सामरिक महत्व बोकेको टिंकर सडकमा ६ करोड ३१ लाख बजेट विनियोजन गर्ने गठबन्धन सरकारले झापा, तेह्रथुम, डडेल्धुरा र रुपन्देही जिल्लाका ४ वटा नयाँ सडक योजनामा भने १ अर्ब ७७ करोड बजेट छुट्याएको छ ।
प्रधानमन्त्री ओली र भौतिक योजना तथा...
‘टिंकर सडकमा बजेट देऊ, कि चुच्चे नक्सा फिर्ता लेऊ’
दार्चुला, जेठ २२ गते ।
नेपाली काग्रेस दार्चुलाका नेता–कार्यकर्ताहरुले टिंकर सडकमा न्युन बजेट विनियोजनप्रति आक्रोस पोखेका छन् । टिंकर सडकमा बजेट थप्न माग गर्दै बजेट थप नगरे चुच्चे नक्सा फिर्ता गर्न समेत उनीहरुले माग गरेका छन् ।
काग्रेस जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा विहिवार जिल्ला प्रशासन कार्यालयमा नारासहित सांकेतिक धर्ना...