दार्चुला, भाद्र १९ गते ।
दार्चुलामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पाइएपछि शैल्यशिखर नगरपालिकामा र मार्मा गाउँपालिकामा आशिंक निषेधाज्ञा जारि गरिएको छ । शुक्रबार डडेलधुरा अस्पतालमा भएको कोरोना परिक्षणमा मार्मा गाउँपालिकाको लटीनाथ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मी केही दिन अघि धनगढीबाट फर्किएका थिए ।
उनि स्वास्थ्य सेवा प्रदान गर्ने शिलशिलामा भाद्र १८ गते गोकुलेश्वर अस्पतालमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
अस्पतालमा विरामी संग सम्पर्कमा रहेका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि समुदायमा फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार बेलुकी ६ः३० बजे देखि अर्काे आदेश नभएसम्मका लागि निश्चीत क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
शैल्यशिखर नगरपालिकाको वडा नं ९ गोकुलेश्वर बजार क्षेत्र र गोकुलेश्वर बजारको पश्चिममा जगतपुरी धाम, उत्तरमा भोलिया इलाका प्रहरी कार्यालय मोड, दक्षिणमा चमेलीया नदीको पक्की पुल, पुर्वमा कठपते, गाजरी, धारीगाड खोलासम्म तथा वडा नं २ र ३ को कर्कले देखि उत्तर सुन्दरपुर सम्मको लुईटा र ओपस गाउँमा प्रशासनले निषेधाज्ञा जारि गरेको छ भने मार्मा गाउँपालिकाको वडा नं २ र ३ को लटिनाथ बजार, विटुले, भैसिबगड, चिउरानी, सिमार सेलविसा र वडा नं १को पारिबगड, वडा नं ४ को वडा कार्यालय र स्वास्थ्य चौकी आसपासको रेला क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
सो क्षेत्रमा अत्यावस्यक बाहेकका सम्पुर्ण किसिमका सेवा र कार्यहरु सञ्चालमा प्रशासनले रोक लगाएको छ ।
Home दार्चुला सेरोफेरो स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पाइएपछि मार्मा र शैल्यशिखरमा आशिंक निषेधाज्ञा