सर्वाधिक धनराशि पुरस्कार भएको ‘दिपेन्द्र धामी स्मृति भलिबल’ प्रतियोगिता हुने

0
1468

दार्चुला,असोज १९ गते ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मा छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हिन्दुहरुको महान चाँड विजया दशमीको अवसरमा छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता संञ्चालन हुन लागेको हो ।
जिल्लाकै सर्वाधिक धनराशि भएको अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको दिपेन्द्र सिंह धामी स्मृति प्रतिष्ठानका अध्यक्ष माधव सिंह धामीले जानकारी दिनु भयो । भलिबल खेलाडीहरुको सम्मान गर्ने उद्देश्यले यहि असोज ३० गते सम्म टिम दर्ता गर्न आग्रह गरिएको छ । टिम दर्ता गर्न ९ हजार लाग्ने आयोजकले जनाएको छ ।
खेल अगामी कार्तिक २ गते बाट संञ्चालन हुने भएको छ । प्रथम पुरुस्कार १ लाख १३ हजार १ सय १३ तथा दुतिय पुरुष्कार ५५ हजार ५ सय ५५ तथा तृतिय पुरुष्कार २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने अध्यक्ष धामीले जानकारी दिनु भयो ।