लेकम गाउँपालिका वडा नम्बर १ मा तालाबन्दी

0
1040

दार्चुला, कार्तिक २७ गते ।
सहिदहरुको सम्झनामा निर्माण गरिएको सहिद गेट भत्काएर पुनः निर्माण नगरेको भन्दै स्थानियहरुले लेकम गाउँपालिका वडा नं १ को कार्यालयमा तालाबन्दी गरेका छन् ।
एक बर्ष अघि भत्काइएको सहिद गेट निर्माण गराउने जिम्मेवारी वडा कार्यालयले लिएपनि हालसम्म निर्माण नगरिएको भन्दै सहिद परिवारले तालाबन्दी गर्न बाध्य भएको स्थानिय मोहनसिंह बिष्टले बताउनु भयो ।
वडा कार्यालयले गेट निर्माण गराउने जिम्मेवारी लिएपश्चात् दुई पटक निबेदन दिएपनि वास्ता नगरहेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको सहिद परिवारका स्थानीयले बताएका छन् ।
वडा कार्यालयले सहिद गेट निर्माणमा कुनै चाँसो नदेखाएको भन्दे गेट निर्माण सञ्चालन नगरुञ्जेलसम्मका लागि वडा कार्यालयमा तालाबन्दी गरिने स्थानिय विष्टको भनाई छ । वडाध्यक्ष दौलत सिंह साउँदले भने सडक निर्माण पश्चात् सहिद गेट निर्माण गर्ने तयारी रहेको बताउनुहुन्छ ।