लिपुलेक क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीहरुका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदै

0
948

दार्चुला, भाद्र २४ गते ।
नेपाली अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मीहरुका लागि हेलिकोप्टर मार्फत खाद्यन्न ढुवानी गरिदै छ ।
उच्च हिमालय क्षेत्रमा चीनीयाँ गतिविधि बढेको भन्दै भारतले त्यस क्षेत्रमा पनि ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
सिमा क्षेत्रमा तैनाथ भारतीय आर्मी र अद्र्धसैनिक बलहरुका लागि प्रर्याप्त मात्रामा खाद्यान्न ढुवानी भइरहेको बताइएको छ । हालै उक्त क्षेत्र सम्म पुग्ने सडक निर्माण गरेको भएपनि बर्षादका कारण बेला–बेला अवरुद्ध हुदाँ हेलिकोप्टरबाट समेत खाद्यान्न ढुवानी भइरहेको छ ।
उक्त सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीहरुका लागि नेपाली अतिक्रमित भूमी सम्म हेलिकोप्टर र सवारी साधनबाट खाद्यान्न ढुवानी गरिन लागेको छ ।