महाकाली कोरिडोरका योजना प्रमुख जोशीको सरुवा

0
204

दार्चुला, भाद्र २५ गते ।
महाकाली कोरिडोर सडक योजनाका प्रमुख लक्ष्मणदत्त जोशीको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका योजना प्रमुख र सडक डिभिजन प्रमुखहरु सरुवा गर्नेक्रममा जोशीको सरुवा गरेको हो ।
मन्त्रालयको सचिवस्तरीय निर्णयले भदौ ९ गते सरुवा गरिएको छ । योजना प्रमुख जोशीलाई डिभिजन सडक पाटन बैतडीको प्रमुखमा सरुवा गरिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर नाका जोड्ने महाकाली कोरिडोरमा योजना प्रमुखको रुपमा जोशी दुई वर्षदेखि कार्यरत थिए ।
मन्त्रालयको पछिल्लो निर्णयअनुसार योजना प्रमुख जोशीको सरुवा भएको कार्यालयका प्रवक्ता एवं इन्जिनियर दिपक विष्टले बताउनुभयो । जोशीको स्थानमा दिपक सुनार महाकाली कोरिडोरको नयाँ योजना प्रमुखको जिम्मेवारीमा तोकिएका छन् ।
महाकाली कोरिडोरमा इन्जिनियर लक्ष्मणदत्त जोशी २०७९ भदौंदेखि योजना प्रमुख थिए । दुई वर्षको कार्यकालमा नयाँ ट्रयाक निर्माण र सडकको स्तरोन्नती गर्नमा योजना प्रमुख जोशीले भूमिका खेलेका थिए । पछिल्लो समय कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्मको ३८ किलोमिटर लामो सडकको ट्रयाक खुलेको छ ।
उक्त सडक खण्डमा गतवर्षको माघ महिनामा नेकपा एमालेका अध्यक्ष एवं हालका प्रधानमन्त्री केपी शर्मा ओली र हालका गृहमन्त्री रमेश लेखकको टोलीले फरक–फरक मितिमा गाडीमार्फत यात्रा समेत गरेका थिए ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुषारपानीसम्म सडकको ट्रयाक खुलाउन तथा दार्चुलामा ३२ किलोमिटर र डडेल्धुरामा ५ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता समेत भइसकेको छ । तर पर्याप्त बजेट उपलब्ध नहुँदा सडक निर्माणको कार्यले गति लिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here