भारतीय पूर्वराजदूत रञ्जित रेबारे ओलीको टिप्पणी– बडा अहंकारी, संकीर्ण मनका मान्छे

0
181

काठमाडौं, वैशाख १४ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको आलोचना गरेका छन्। नेपालको आफ्नो कुनै पहिचान छैन भन्ने अभिव्यक्ति दिएको भन्दै उनले रेलाई अहंकारी र संकीर्ण मनका मान्छे रहेको टिप्पणी गरेका छन्। 
‘एउटा राजदूतले भनेको, नेपाललाई होच्याउन खाज्या हो त्यो। ती व्यक्तिमा बडा राष्ट्र अहंकार छ,’ एमाले संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै भने, ‘तिनले देशको सार्वभौमिकता भन्ने बुझ्दैनन्। स्वाधिनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार मात्रै हेर्छन्।’
रेले केही समय अघि भारतको एउटा टेलिभिजन कार्यक्रममा नेपालको आफ्नै पहिचान नभएको टिप्पणी गरेका थिए। नेपालमै लामो समय राजदूत भएर गएको मान्छेले त्यस्तो बोलेको भन्दै ओलीले उनको चर्को आलोचना गरे। यद्यपि, त्यसलाई भारतकै दृष्टि भने मान्न नहुने बताए।
‘नेपालमै राजदूत भएर कति वर्ष बसेर गएको मान्छेले बोलाइ के हो?,’ ओलीको भनाइ छ, ‘यस्ता मान्छेहरुका, बकबास गर्ने मान्छेहरुका पछाडि हामी लाग्ने होइन। ती हाम्रो सर्वाभौम सत्तालाई सम्मान गर्न नसक्ने, संकीर्ण मनका मान्छे हुन। यस्ता एकाध मान्छेहरुले केही भने भनेर त्यसलाई फेरि देशकै सोचाइ हो, देशकै दृष्टि हो भनेर बुझ्नु हुँदैन।’
प्रधानमन्त्री ओलीकाे भनाइ :
एउटा पूर्वराजदूतले मैले अस्ति बोल्दै गरेको सुनेको थिएँ-नेपालको आइडेन्टीटी नै केही छैन। हामी जस्तै भात खान्छन्। हामी जस्तै दाल खान्छन्। हामी जस्तै तरकारी खान्छन्। 
सन्चो छ कि छैन? अचम्म लाग्यो क्या। के भन्या-नेपालको के आइडेन्टीटी छ?परिचय नै छैन नि नेपालको, हामी जस्तै दालभात खान्छन्। सबै कुरा मिल्छ। महिलाहरुले सारी लाउँछन्, पुरुषहरुले प्यान्ट, सट अथवा दौरा सुरुवाल लाउँछन्।
एउटा राजदूतले भनेको। नेपाललाई होच्याउन खाेज्या हो त्यो। ती व्यक्तिमा बडा राष्ट्र अहंकार छ। तिनले देशको सार्वभौमिकता भन्ने बुझ्दैनन्। स्वाधिनता भन्ने कुरा बुझ्दैनन्। तिनले आकार मात्रै हेर्छन्।
सार्वभौमिकता बुझ्दै बुझ्दैन। साइज बुझ्छ। 
नेपालमै राजदूत भएर कति वर्ष बसेर गएको मान्छेले बोलाइ के हो? यस्ता मान्छेहरुका, बकबास गर्ने मान्छेहरुका पछाडि हामी लाग्ने होइन। ती हाम्रो सर्वाभौम सत्तालाई सम्मान गर्न नसक्ने, संकीर्ण मनका मान्छे हुन। यस्ता एकाध मान्छेहरुले केही भने भनेर त्यसलाई फेरि देशकै सोचाइ हो, देशकै दृष्टि हो भनेर बुझ्नु हुँदैन।
(साभार: नेपालखवर डटकम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here