भगवतीमा जमिन भासिदाँ एक दर्जन भन्दा बढी घरपरिवार जोखिममा

0
1014

दार्चुला, भाद्र २ गते । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नं २ भगवतिको ज्युनाडा र आमपेड बस्तीमा जमिन भासिएको छ । गत साउन ८ गतेको अविरल बर्षाका कारण बस्तीको माथिल्लो क्षेत्रबाट ५ सय मिटरलामो जमिन भासिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
विसौना घट्टदेखि स्थानिय कल्यान सिह धामीको घरसम्म जमिन भासिएकोले ज्युनाडा, आमपेड र नायल बस्ती पहिरोको जोखिममा रहेको उहाँले जानकारी दिनुभयो । बर्षा निरन्तर भइरहेकाले हाललाई उक्त बस्तीका १७ घरपरिवार विस्तापीत भएका छन् ।
प्रभावित क्षेत्रमा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, वडा नं २ का वडाध्यक्ष गणेश सिह धामी र मालिकार्जुन प्रहरी चौकीको टोलीले सोमबार अनुगमन गरेको छ ।

जमिन भासिएकाले पहिरो जान सक्ने सम्भावना भएकाले गाउँपालिका अध्यक्ष धामीले जोखिममा रहेका मानिसहरुलाई छिमेकीहरुको घरमा बसाई ब्यवस्थापन गरिदिएका छन् ।
स्थानिय पुस्कर सिह धामीका अनुसार जोखिममा परेका बस्तीमा मानिसहरुलाई हाललाई छिमेकीहरुको घरमा ब्यवस्थापन गरिएको भएपनि टेन्ट र राहत वितरण तथा दिगो ब्यवस्थापनको कार्य हुन सकेको छैन ।