दार्चुला, पुष २८ गते ।
ब्याँस गाउँपालिकाको १७ अधिवेशन तथा हिउदे गाउँसभा आइतबार सम्पन्न भएको छ । ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीको अध्यक्षतामा गरिएको गाउँसभा बैठकले करिब १ करोड विविध शिर्षकमा रकमान्तर गर्नुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाहरु स्वीकृत गरेको छ । कानुन निर्माणको अधिवेशन मानिने हिउँदे अधिवेशनमा ब्याँस गाउँपालिकाको खानेपानी सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८१ स्वीकृत गर्नुका साथै विविध कार्यविधिहरु अनुमोदन गरिएको ब्याँस गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र सिह कुँवरले बताउनुभयो । सभामा बोल्दै गाउँपालिका अध्यक्ष मंगल सिह धामीले कर्मचारी र जनप्रतिनिधि मिलेर जनताका सरोकारहरुमा काम गर्न सके मात्र सरकार सफल हुने बताउनुभयो । कार्यक्रममा ब्याँस गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।