प्रीय कमरेड ! (कविता)

0
815
पदम बडाल ।

पदम बडाल, दार्चुला ।

सत्ता, सामन्त र साम्राज्यवादका बिरुद्ध
हिजो लेखिका कविताहरूले मलाई लखेट्न थालेका छन्
हिजो गरिएका केन्द्रभंजनले
गाउँका जनअदालत र तिनले सुनाएका फैसलातहत
सुराकी झुण्ड्याइएका रूखहरूले
अन्तर्घाति सुर्क्याइएका डोरिहरुले
भाडाका सिपाहिका घाँटी छिनेका
खुकुरी पखालिकेका घाराहरूले
छोरो पढ्ने स्कुलका भित्तामा लेखिका नाराहरूलले
दिउसै मलाई ऐठन गराएका छन् ।

तिमी कुर्सिमा बस्यौ
हामी सत्तामा पुग्यौं
देखेका देखाइएका सपनाहरू
सहादत पाएका कमरेडका सपनाहरू
तिनै सपनाका निम्ति गच्छेअनुसार
हात, खुट्टा, औंला, कान, नाक गुमाउनेहरूका
पाठेघरमा छर्रा बोकेर अरुका नानी समाउनेहरूका
छाला, नसा र मांशपिण्डभित्रा बारुद कोचेकाहरूका
तिम्रा, मेरा, हामी सबैका सपनाहरू
सार्थक हुने दिन गन्न थाले
हाम्रो सत्ता भन्न थाले
हर्षले हर्केका जहान बिर्सायो
खुसिले खुसीको श्रीमान बिर्सायो
एकछिन रमायौं
क्षणहरु बित्न थाले
प्रीय कमरेड ! थोरै क्षणहरु बित्न थाले
छेपारोका कथा सुनाउन थाले मान्छेहरू
नाङ्ग्ले हात्तीको कथा सुनाउन थाले उनीहरू
कान चिरिका जोगिका उखान सुनाउन थाले तिनीहरू
म पत्याएको थिएन
बिल्कुल पत्याएको थिएन
किनकी मेरि बहिनीको स्तन काटेर हत्या हुदा
मभन्दा बढी तिमी रोएका थियौ
गाउँ घेर्ने दुस्मनको चौकी हान्दा मभन्दा अगाडि तिमी थियौ
रगत उमाल्ने भाषणमा
बाडेर खाने रासनमा
योजना र रणनीति बनाउने आसनमा
मभन्दा अग्र तिमी थियौ
मभन्दा उग्र तिमी थियौ
त्यसैले उनीहरूले छेपारो, हात्ती र जोगिको कहानिभन्दा
पत्याएको थिएन
बिल्कुल पत्याएको थिएन ।

उफ ! गर्मी बढ्दो भयो सत्ताको
चाङ् बढ्दो भयो भत्ताको
चमक बढ्दो भयो लत्ताको
मैले कति पटक कर्के हेरेर सम्हाल्न भने
कति चिठी लेखेर सुधार्न भने
कति मान्छे लाएर आत्मसमीक्षा गर्न भने
तिमिले एक पटक हेरेनौ मेरोतिर
चिठी मन्त्रायका डस्टबिनमा फाल्यौ रे
आत्मसमीक्षा गर्ने सल्लाहमा पठाएकाहरूलाई
पिए बनाएर फर्किन दिएनौं
त्यसैले प्रीय कमरेड !
अचेल हाम्रो गरौवशाली पार्टिको सट्टामा
तिम्रो गौरवशाली पाटी भन्ने गर्छु
तिमिले गद्दार भनेका वर्गमित्रमा
अचेत तिम्रो गद्दारी देख्दैन ।

क्रान्तिको खुकुरीमा लागेको हत्याको टाटो
पखाल्दैछु पश्चातापमा
कुनै दिन तिम्रै सत्ताको अदालतले
हाम्रै बिरादरहरूलाई हत्याको फैसला सुनाए भने
म दुस्ख मनाउ गर्ने छैन,
देशले लोकतन्त्र बान्ता गरे
म दुस्ख मनाउ गर्ने छैन ।