
दार्चुला, बैशाख २७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।
सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरे। १५ जना सांसद तटस्थ बसे। मतदानमा कूल २३२ सांसद उपस्थित थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले प्रस्तावको विपक्षमा मत दिएका थिए। जसपाकै महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष तटस्थ बसेको थियो। एमालेकै माधव नेपाल-झलनाथ खनाल पक्षका केही सांसदहरु बैठकमा अनुपस्थित रहे।