प्रधानमन्त्रीकप राष्ट्रिय ब्याडमिन्टनको उपाधीदिपेशलाई

0
653

दार्चुला, फागुन २ गते । फागुन १गते चितवनमा सम्पन्न प्रथम प्रधानमन्त्री कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी दीपेश धामीले जितेका छन् ।
सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिताको उपाधीउनले प्रिन्स दहालका बिरुद्ध २१–१९, २२–२० को सेटमा जितेका हुन् ।
दार्चुला जिल्ला दुहुँगाउँपालिका वडा नम्बर २ हिकिला पुख्र्यौली घर भएका धामी र दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर ४ घर भएका प्रिन्स दहाल बीचको प्रतिश्पर्धा निक्कै रोमाञ्चक भएको दर्शकहरुले टिप्पणी गरेका छन् ।

प्रिन्सले विश्व ब्याडमिन्टनको उपाधीजित्ने दिपेशको भनाई

प्रतिश्पर्धामा प्रतिद्वन्द्वि भएपनि प्रिन्स र आफू दाजुभाइको रुपमा खेल्ने गरेको बताउने दिपेश धामी प्रिन्सले आगामि दिनमा विश्व ब्याडमिन्टन प्रतियोगिता जित्ने बताएका छन् ।
‘हामीले निक्कै प्रतिश्पर्धा खेलेका छौं, प्रिन्स विश्ववरियता मै तिन नम्बरका राम्रो सम्भावनाभएका खेलाडि हुन्, उनले निकट भविष्य मै विश्वकपजित्ने छन् ।’ दिपेशले भने ।
आठौं राष्ट्रिय च्याम्पियन धामीले पाकिस्तानी इन्टरनेशनल सिरिज, दबै इन्टरनेसनल सेटेलाइट कप जस्ता अन्तर्राष्ट्रिय स्पर्धामा सहभागिता जनाएर उपाधी जितेका छन् भने उनी अन्नपूर्ण इन्टरनेसनल सिरिज उनले लगातातिनवर्ष कब्जा गरेका छन् ।
२०५३ फागुनमा जम्निएका दिपेशले २०७५ मा युवातथा खेलकुद मन्त्रालयबाट उदयमान खेलाडिको पुरस्कार जितेका छन् भने प्रिन्सले पनि दर्जनौं राष्ट्रिय स्पर्धाहरु जितेका छन् ।
सन् २००४ मा जन्मिएका प्रिन्स दहालले सन् २०२० मा भारतका एक नम्बर ब्याडमिन्टन खेलाडि बरुण कपुरलाई हराएर अन्तर्राष्ट्रिय जगतमा आफूलाई अब्बल साबित गरेका छन् । विश्व ब्याडमिन्टन जुनियरतर्फ विश्व कै तिन नम्बरमा पुगेका प्रिन्सको उपलब्धी हाल सम्म कुनै नेपाली खेलाडिले हात नपारेको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य हरकसिह धामीले बताएका छन् ।