प्रतिनिधि सभा विघटनको विरुद्ध दार्चुलामा काङ्ग्रेसको विरोध प्रर्दशन

0
767

दार्चुला, फागुन ३ गते ।
नेपाली काङग्रेसले केपी ओली सरकारको प्रतिनिधि सभा विघटनको विरुद्ध दार्चुलामा विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेसको देशभर बिरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत दार्चलामा पनि विरोध प्रर्दशन गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाका सभापति ललितसिंह बोहराको अध्यक्षतामा गरिएको बिरोध सभामा कांग्रेस केन्द्रिय सदस्य एवं पूर्वमन्त्री एनपी साउँद प्रमुख अतिथि रहनुभएको थियो भने केन्द्रिय सदस्य एवं नेपाल महिला संघका केन्द्रिय पूर्व अध्यक्ष डाक्टर डिला संग्रौला बिशिष्ट अतिथि रहनुभएको थियो ।
कांग्रेसले दार्चुला सदरमुकाम खलंगा बजारमा बिरोध ¥याली निकाली खुला मञ्चमा बिरोध सभा आयोजना गरेका छ । ‘नेपाल सरकार मुर्दाबाद’ ‘केपी ओली सरकार मुर्दाबाद’ ‘अन्धो सरकार मुर्दाबाद’ ‘केपी चोर देश छोड’ ‘संसद बिघटन गर्न पाइदैन, संविधान मिच्न पाइदैन’ केपी तेरो पाराले दुःख पायो साराले’ जस्ता नाराबाजी गरेका छन् । नेपाल महिला संघका महिला नेतृहरुले ‘बलत्कारीलाई फासीदे, भागरथीलाई न्याय दे’ ‘शान्ती सुरक्षा कायम’ जस्ता नारा लगाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसकि नेतृ डाक्टर डिला संग्रौलाले केपी र प्रचण्डको अन्त्य आजको आवस्यकता रहेको बताउनुभएको छ । देशमा कम्युनिष्टको अन्त्य तथा प्रजातन्त्र बादीको उदय नभएसम्म आफुहरुको संघर्ष जारी रहने उहाँको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राती सुटुक्क भारतीय रअका प्रमुख सामन्त कुमार गोयललाई भेटेपछि उहाँको राष्ट्रबाद स्खलित भएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री एनपी साउँदले कम्युनिष्टहरुले प्रधानमन्त्री बन्ने ढीपिका कारण संसद विघटन गरेको बताउनुभएको छ । सरकारले प्रतिपक्षका कारण नभई आफ्नै झकडाका कारण संविधानमा हुदै नभएको ब्यवस्था देशमाथि लादेको उहाको भनाई छ । साथै काङ्ग्रेस चुनावमा जान परेपनि तयाँर रहेको नेता साउँदको भनाई छ । संसद पुनः स्थापना भएपनि मुलुकमा धेरै समस्या आउने भएकाले कामचलाउ प्रधानमन्त्रीले निर्वाचन गराउन सक्छन् कि सक्दैनन् भन्ने तर्फ आफुहरुको ध्यान रहेको उहाँको भनाई छ । विरोध प्रर्दशन कार्यक्रममा नेपाली काङग्रेस दार्चुलाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।