दार्चुला, फागुन ११ गते ।
प्रतिनिधिसभा पुनः स्थापना भएको खुसिमा नेकपा प्रचण्ड माधव पक्षले दार्चुला सदरमुकाम खलंगामा स्वर्गीय राष्ट्रबादी नेता प्रेम सिह धामीको शालिकमा दिपावली गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । तर सर्वाेच्च अदालतले संसद विघठनको बिपक्षमा फैसला गर्दै संसदको पुनःस्थापना गरेको छ । सर्वाेच्च अदालतको उक्त फैसला प्रति नेकपा प्रचण्ड माधव समुहले खुसीयाली मनाउदै नेता धामीको शालिकमा मंगबार साझँ दिपावली गरेको हो । दिपावली कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष गणेश खत्री लगायतका नेकपा नेताहरुको सहभागिता रहेको थियो ।