दार्चुला, मंसिर १५ गते । दार्चुला र बैतडी संग जोडिएको भारतको सीमावर्ती जिल्ला पिथौरागढमा पछिल्लो समय कोरोना संक्रमणबाट दैनिक एक जनाको मृत्यु भइरहेको छ । पछिल्लो समय एक हप्तामा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु हुदाँ पिथौरागढ जिल्लाभरि कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । आईतबार पिथौरागढ अस्पतालमा भर्ना भएका एक जना बृद्धाको कोरोना संक्रमणले मृत्यु भएसंगै जिल्लाभरि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । साथै आइतबार पिथौरागढमा एकै परिवारका १२ जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य चिकित्सक डा.एचसी पन्तका अनुसार आईतबार कोरोना परिक्षणका लागि तीन सय जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरि जाँचका लागि हव्लद्धानी पठाइएको छ । पिथौरागढमा हाल कोरोनाका सक्रिय संक्रमितहरुको संख्या २ सय १७ रहेको छ ।