दार्चुला, बैशाख २३ गते ।
नेपालतर्फ बाटो नहुदाँ भारतको बाटो भएर कुञ्चा सरिरहेका तिंकरका स्थानीयहरु गर्वाधारमै रोकिएका छन् ।
मंगलबार दार्चुला सदरमुकाम खलंगाबाट भारतीय बाटो हुदै घरपालुवा जनावर सहित कुञ्चा गएका तिंकरबासि धार्चुलाबाट लगभग ५० किलोमिटर माथी गर्वाधार नजिकको पारिवन भन्ने क्षेत्रमा पहिरो खसेपछि विचबाटोमै रोकिएको व्यास गाउँपालिका वडा नं १ का निर्वतमान वडाध्यक्ष अशोक सिह बोहराले बताउनुभयो ।
बाटोमा हिँडिरहेका बेला माथिबाट पहिरो खस्दा तिंकरका स्थानीय बर्मा तिंकरको एक घोडा पहिरोमा परि मरेको छ भने अन्य केही झुपुहरु घाइते भएका छन् । सामान पहिरोमा पुरिएको छ । मानिसहरुले भागेर ज्यान जोगाएका थिए ।
हाल भारतले धार्चुला लिपुलेक सडक दुई लेनको बनाइरहेको छ । बुधबार राती व्यास क्षेत्रमा भारी बर्षा भएको थियो । बर्सादका कारण विहीबार पहिरो खसेको हो । पहिरो खसेको ठाउँमा शुक्रबार बेलुका सडक खुलाइएको छ । पहिरोका कारण बीचबाटोमै रोकिएको कुञ्चा शनिबार बिहान तिंकर तर्फ जानेछ ।