दार्चुला, फागुन १३ गते ।
नेपाल–भारत मैत्री संघको दार्चुला जिल्ला अध्यक्षमा उमेश खत्री चयन भएका छन् । नेपाल भारत मैत्री संघका निवर्तमान अध्यक्ष महादेव बडूको अध्यक्षतामा आज बसेको बैठकले खत्रीलाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो ।
यस्तै संघको उपाध्यक्षमा सिमा सुनाम, सचिवमा बसन्त सिंह ठगुन्ना, कोषाध्यक्षमा प्रेम सिंह कार्कीलाई चयन गरिएको छ । संघको सदस्यहरुमा मोहनी अवस्थी, परुली कुवर, मंगल सिंह कार्की, हरिदत्त भट्ट, शम्भु गुरुङ्ग, दान सिंह तिंकरीलाई सदस्यमा चयन गरिएको छ, भने महादेव बडूलाई पदेन सदस्यमा चयन गरिएको छ ।