नेकपा मार्माका अध्यक्ष विष्टलाई पक्राउ गर्न दार्चुला प्रहरीलाई आदेश

0
954
फाइल फोटोः जिल्ला प्रहरी कार्यालय दार्चुला

दार्चुला, माघ १५ गते । 
दार्चुलाको मार्मा गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष नर बहादुर विष्टलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दार्चुलालाई आदेश दिएको छ ।

“माथिबाट पक्राउ गर्न जिल्लालाई आदेश आएको छ, हाल सम्म पक्राउ गरिएको छैन, खोजी भइरहेको छ” जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एसपी पदम बहादुर विष्टले भन्नुभयो । कुन विषयमा पक्राउ गर्न खोजिएको हो थाहा भएन, तर माथिबाट पक्राउ गर्ने आदेश आएको छ, उहाँले भन्नुभयो । जिल्लामा रहेको भन्ने जानकारीका आधारमा प्रहरी प्रधान कार्यालयले दार्चुला प्रहरीलाई पक्राउ गर्न आदेश दिएको बुझिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ( प्रचण्ड–नेपाल पक्ष ) दार्चुलाले प्रहरीले खोजी गरिरहेको विषयमा विरोध जनाउदै एक विज्ञप्ती जारि गरेको छ । असंबैधानिक कदमका विरुद्ध देशैभर प्रर्दशन भइरहेका बेला नेता विष्ट समेत काठमाण्डौको प्रर्दशनमा सहभागि भएको भन्दै प्रहरीले धरपकड गरिरहेको नेकपा दार्चुलाको ठहर छ । आन्दोलनमा सहभागि भएकै कारण प्रहरीले राती घरमा गएर खोजी गरिरहेकाले घरपरिवारमा समेत आतंक सिर्जना भएको नेकपा दार्चुलाको धारणा छ । नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले हस्तारक्षर गरेको उक्त विज्ञप्तीमा उक्त धरपकड राज्यले स्थिगित नगरे पार्टीले कडा प्रतिबाद गर्ने बताइएको छ ।