दार्चुला, असार ४ गते ।
नेकपा (एकीकृत समाजवादी) काे दशाैं महाधिवेशनका लागि दार्चुलामा सर्वसम्मत रूपमा प्रतिनिधि छानिएका छन् । साेमबार र मंगलवार भएको छलफलबाट ७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा छनाैट गरिएको जिल्ला अध्यक्ष किशन सिंह धामीले बताउनुभयो ।
पार्टी केन्द्रकाे सर्कुलरअनुसार असार ५ गतेभित्र प्रतिनिधि छनाैट गरिसक्ने समयसिमा भए पनि एक दिन अगाडि नै प्रतिनिधि छनाैट कार्य सम्पन्न भएको जानकारी दिइएको छ । मंगलवार दिउसो पत्रकार सम्मेलनकाे आयाेजना गरि छनाैट गरिएका प्रतिनिधिहरूकाे नामावली सार्वजनिक गरिएको छ ।
छनाैट गरिएका महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ गणेशकुमार जाेशी, किशन सिंह धामी र नरेन्द्र सिंह रावल रहेका छन् । जाेशी पार्टीका दार्चुला जिल्ला सहइन्चार्ज हुन् भने धामी जिल्ला अध्यक्ष र रावल सचिव हुन् ।
युवातर्फकाे काेटामा हिरा सिंह धामी `आस्था´, दलिततर्फ प्रयानन्द ओड तथा महिलातर्फ राधिका अवस्थी र रूक्मणी जागरी चयन भएका छन् । दार्चुला जिल्लामा रहेका ८ सय ५७ जना पार्टी सदस्यहरूकाे प्रतिनिधित्व हुने गरि महाधिवेशन प्रतिनिधि छनाैट गरिएको जिल्ला सहइन्चार्ज गणेशकुमार जाेशीले बताउनुभयो ।
नेकपा (एस)काे दशाैं महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयाेजना गरिएको छ ।