दार्चुलामा ६९ जनामा कोरोना पुष्टि

0
617

दार्चुला, बैशाख २८ गते ।
दार्चुलामा मंगलबार ६९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबिस घण्टामा अपिहिमाल गाउँपालिकामा ५८ जना सहित जिल्लाभरी एकैदिन ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरी एन्टीजेन विधिबाट ११ जना र पिसिआर परीक्षणबाट ५८ जनामा कोरोना पुष्टि भएको हो । जस मध्ये महाकाली नगरपालिकाका ८ जना, मालिकार्जुन गाउँपालिका एक जना र ब्याँस गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा मंगलबार सम्म कोरोना संक्रमितको संख्या २ सय ७० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।