दार्चुलामा अध्यागमन कार्यालय स्थापना

0
373

दार्चुला, फागुन १ गते ।
दार्चुला सदरमुकाम खलंगामा अध्यागमन तथा सिमा प्रशासन कार्यालय स्थापना गरिएको छ । मन्त्रिपरिषद्ले गत कार्तिक ८ गते निर्णय गरेकाेमा झण्डै चार महिनापछि कार्यालय स्थापना गरिएको हाे ।
अध्यागमन विभागबाट सर्कुलर प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय परिसरभित्र अध्यागमन तथा सिमा प्रशासन कार्यालय राखिएको छ । अध्यागमन विभागमा पदस्थापन भएपछि साविकमा रहेकाे सिमा प्रशासन कार्यालयकाे नाम परिवर्तन गरिएको कार्यालय प्रमुख माेहन सिंह धामीले बताउनुभयो ।
बुधबार अध्यागमन तथा सिमा प्रशासन कार्यालयकाे नयाँ साइनबोर्ड राखिएको छ । मन्त्रिपरिषद् बैठकले साविककाे सिमा प्रशासन कार्यालयलाई खारेज गर्दै अध्यागमन तथा सिमा प्रशासन कार्यालय स्थापनाकाे निर्णय गरेको थियाे ।
नयाँ कार्यालयकाे ठेगाना तिंकर कायम गरिएको छ । यसअघि सिमा प्रशासन कार्यालय छाङरूमा राखिदैआएकाे थियाे । टिंकर नाका भएर चीनको ताक्लाकाेट बजार र पवित्र कैलाश-मानसरोवर यात्राका लागि अध्यागमन कार्यालय स्थापनाकाे माग गरिदैआएकाे थियाे ।
नेपाल सरकारले अध्यागमन कार्यालय स्थापना गरे पनि टिंकर नाकाबाट अध्यागमन सेवा सुरू गर्नका लागि चीन सरकारसंग अौपचारिक सहमति हुन बाँकी छ । हालसम्म टिंकर नाका परम्परागत नाकाकाे रूपमा मात्रै सञ्चालन हुदैआएकाे छ ।
छाङरू र तिंकर गाउँका स्थानीयवासीकाे कुञ्चा (बसाइँसराइ) सरेपछि आउदाे वैशाख महिनामा गृहमन्त्री रमेश लेखकले तिंकर गाउमा अध्यागमन कार्यालय उद्घाटन गर्ने गृहकार्य छ । अध्यागमन विभागले यसबारे गृहकार्य गरिरहेकाेले हाल खलंगामा कार्यालय स्थापना मात्रै गरिएको कार्यालय प्रमुख धामीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here