दार्चुला, जेठ १७ गते ।
दार्चुलास्थित नेपाल-चीन जाेड्ने तिंकर नाका आगामी असार ११ गतेदेखि खुल्ने भएको छ । दुई देशका अधिकारीहरूबीच विहिवार पहिलोपटक भिडियाे सम्वाद भएपछि जुन २५ अर्थात असार ११ गतेदेखि तिंकर नाका खुल्ने निस्कर्ष निकालिएको हाे ।
चीनकाे तिब्बतस्थित पुराङ काउन्टीका प्रशासकसहित अधिकारीहरूसंगकाे भिडियाे सम्वादपछि नाका सञ्चालनकाे मिति टुंगो लागेकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जाेशीले बताउनुभयो ।
नेपाली पक्षले तत्कालै केही दिनभित्रै नाका खाेल्न प्रस्ताव गरे पनि चिनियाँ पक्षले आवश्यक तयारी गर्नुपर्ने भएकोले जुन २५ बाट मात्रै नाका सञ्चालन गर्न सकिने बताएको छ ।
गत जेठ १२ गते उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले संखुवासभाको किमाथांका पुगेर चीनसंग सिमा जाेडिएका नाकाहरू एक साथ खुलेको घाेषणा गरेका थिए ।
जिल्लास्तरमा प्रजिअसहित सुरक्षा अधिकारीहरूलाई चिनियाँ पक्षसंग सम्पर्क र समन्वय गरि स्थानीयस्तरमा नाका सुचारू गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियाे ।
विहिवार विहान झण्डै एक घण्टासम्म चिनियाँ अधिकारीसंग दार्चुलाका प्रजिअ जाेशीसहितकाे टाेलीले भिडियाे सम्पर्कमार्फत कुराकानी गरेको छ । दुई देशका प्रशासन र सुरक्षा अधिकारीहरूबीच सम्पर्क, समन्वय नियमित बनाइराख्ने विषयमा सहमति भएको छ ।
चिनियाँ पक्षले सुरक्षा, भन्सार, अध्यागमन, क्वारेन्टाइन लगायतका निकायहरूले नाका सञ्चालनकाे आवश्यक तयारी गरिरहेको जानकारी दिएको छ । ताक्लाकाेटमा रहेकाे बर्डर मार्केट परिसर र नेपाली व्यापारीहरूकाे पसल सुरक्षित रहेकाे चीनिया अधिकारीहरूले बताएका छन् ।
असार ११ गते स्थानीय व्यापारीसहित दार्चुलाको प्रशासन र सुरक्षा अधिकारीकाे टाेलीलाई ताक्लाकाेट पुग्न निम्ता दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले १ सय ५० जना व्यापारी र स्थानीयलाई चीन प्रवेश गर्न अनुमतिपत्र वितरण गरिसकेको छ । सिमावर्ती जिल्लाका वासिन्दालाई चीनकाे ताक्लाकाेट बजारसम्म पुग्ने सुविधा दिइदै आएको छ ।
काेभिड महामारीका कारण विगत ४ वर्षदेखि तिंकरसहित चीनसंग जाेडिएका परम्परागत नाकाहरू बन्द छन् । गतवर्ष नै नाका खाेल्ने गृहकार्य भए पनि अन्तिम समयमा नाका खाेलिएकाे थिएन ।
बझाङकाे उरैनाका जुन ३० अर्थात असार १६ गतेदेखि खाेलिने प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । विहिवार दिउँसो चीनिया अधिकारीहरूसंग भिडियो संवाद भएपछि नाका सञ्चालनकाे मिति टुंगो लागेको उहाँले बताउनुभयो ।