टिंकर सडक, बजेट विनियोजन र राजनीतिकाे लाचारी

0
111

शंकर सिंह धामी
१) प्रधानमन्त्री केपी बा’ले आफैले संसदमा बाेलेका थिए- टिंकर सडकलाई प्राथमिकता दिने र पर्याप्त बजेट विनियोजन गर्ने कुरा । (२०८२ वैशाख २९ गते)
२) टिंकर सडक निर्माण नेपाली सेनालाई दिने महत्त्वपूर्ण र सान्दर्भिक निर्णय गर्ने पात्र (प्रधानमन्त्री) पनि बा’ नै थिए । (२०७७ वैशाख १४ गते)
३) चुच्चे नक्साकाे नेतृत्व गर्ने नायक पनि बा’ नै हुन् । (२०७७ जेठ ७ मा नक्सा प्रकाशन र २०७७ असार ३१ मा संविधानमा निशाना छाप संसाेधनमार्फत)
४) दार्चुलाको सिमाक्षेत्रकाे भूगाेल र यहाँको आवश्यकता बारे समकालीन राजनीतिका नेताहरूमध्ये सबैभन्दा बढी जानकार र लगाव राख्ने पात्र पनि केपी ओली हुन् ।
५) टिंकर सडकमा पर्याप्त बजेटका लागि एमालेका नेतागणले आधा दर्जनभन्दा बढीपटक उच्च तह (प्रधानमन्त्री, अर्थमन्त्री आदि)संग भेटघाट गरि लिखित र माैखिक अनुराेध गरेका थिए ।
६) टिंकर सडकका लागि एकाध पटक सर्वदलिय र धेरै पटक छुट्टै पहलमा दार्चुलाका सांसद बडुजी खटिएका देखिन्थे ।
७) पहल र सफलताकाे अंश छुट्याएर सम्बन्धित पार्टी र नेतालाई बाँड्न नसकिए पनि चालू आवमा टिंकर सडकमा ५ कराेड बजेट थपिएको थियाे । याे बजेटबाट छाङरूमा सेनाकाे अस्थायी क्याम्प स्थापना र एक्साभेटर मेसिन ढुवानी गरि २ किमि ट्रयाक निर्माण भइरहेको र आतुङ्ति-कल्जु-तम्बाकु क्षेत्रमा पनि सडक निर्माण जारी रहेको अवस्था छ । यसका लागि वास्तविक पहल गर्ने पात्र र नेतृत्वको मुखमा दुधभात पराेस् हाम्रो प्रार्थना ।
८) बुदा नम्बर १ देखि ७ सम्मकाे पृष्ठभूमि र आधारमा नयाँ बजेटमा बा नेतृत्वको सरकारबाट पर्याप्त बजेटकाे आश गरिएको हाे ।
९) नयाँ बजेटमा टिंकर सडक खण्डमा २०/२५ कराेड भए पनि बजेट राखेको भए हामी (नागरिकहरू) अहिले सरकारकाे आलाेचना हाेइन प्रशंसा गरिरहेका हुन्थेऊ । सरकारप्रति सकारात्मक बुझाइ र आशाकाे सञ्चार हुन्थ्याे ।
१०) तर, यति आशलाग्लाे र सान्दर्भिक पृष्ठभूमि भएको समयमा टिंकर सडकमा मात्र ६ कराेड ३१ लाख बजेट विनियोजन गरिनु र विनियोजित बजेटमध्ये पनि सडक निर्माण कार्यमा १ कराेड मात्रै खर्च हुनेगरी क्रियाकलाप निर्धारण हुनुले नागरिक दुखित मात्रै हाेइन, स्तब्ध र आक्राेसित भएका छन् ।
११) किन पर्याप्त बजेट टिंकर सडकमा राखिएन ? यसबारे आ-आफ्ना बुझाइ छन्, फरक बुझाइ हुनसक्छन् । एकले अर्कोलाई दाेषि देखाएर टिंकर सडक निर्माणमा जिम्मेवार दल, नेता र नागरिककाे भूमिका पूरा हुदैन । बरू, आफ्नोस्तरबाट इमान्दार प्रयास गर्नु हामी सबैको कर्तव्य हाे ।
१२) पर्याप्त वा आशलाग्दाे (चित्तबुझ्दो) बजेट विनियोजन भएको भए आज यसकाे जस (यश) अर्थात श्रेय लिने हाेडबाजी चलिरहेकाे हुन्थ्याे । किनकि सबैजसाेले भेटघाट गर्ने, लिखित र माैखिम माग गर्ने, बाेल्ने, कराउने, पहल गर्ने कार्य गरिरहेकै थिए ।
१३) उपलब्धिकाे लेखाजाेखा सरकार र प्रधानमन्त्रीकाे मात्रै हाेइन, जिल्लाबाट निर्वाचित सांसद र पहुँचवाला सबै पात्र र नेतृत्वको हुन्छ । तर अर्काकाे कमजोरी वा असफलता देखाएर आफ्नो कमजोरी वा असफलता ढाकछोप गर्न सकिँदैन । ढाकछोपकाे लज्जास्पद प्रयत्न भने यत्रतत्र देखिन्छ ।
१४) देशहितमा सक्रिय हुने, सक्दाे याेगदान गर्ने प्रेरणा हामी सबैलाई प्राप्त हाेस् । अरूप्रति विषवमन गरेर, द्वेष-ईर्ष्या गरेर, गाली गरेर आफू सफल हुन्छु भन्ने भ्रमबाट मुक्त हुने चेतना प्राप्त हाेस् ।
१५) सिंगाे सरकार र प्रधानमन्त्रीले टिंकर सडकलाई उपेक्षा गरेकाे अवस्थामा दार्चुलाका सांसद बडुजीले आफ्नो हिस्साकाे (संसद विकास काेषकाे) बजेट सांकेतिक रूपमा भए पनि संसाेधनमार्फत टिंकर सडकमा २/४ कराेड हाल्न सक्नुपर्छ । याे अवसर र चुनाैती बडुजीलाई छ । यसबारे प्रश्न उठ्नु स्वाभाविक छ र प्रधानमन्त्रीकाे पार्टीका नेताहरूले बडुजीका साथै केपी बा’संग पनि प्रश्न गर्ने हिम्मत गर्नसक्नुपर्छ ।
वन्दे नेपाल जननी 🙏

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here