टिंकर सडकमा नाै कराेड बजेट : रक्षामन्त्री

0
100

दार्चुला, असार १० गते ।
रक्षामन्त्री हरिप्रसाद उप्रेतिले नयाँ बजेटमा दार्चुला-टिंकर सडकमा नाै कराेड रूपैयाँ विनियोजन गरिएको बताएका छन् । आइतबार बजेटमाथिकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिदै रक्षामन्त्रीले याे जानकारी दिएका हुन् ।
प्रतिनिधिसभाकाे बैठकमा रक्षामन्त्री उप्रेतिलाई काग्रेस सांसद मैना कार्कीले `दार्चुला-टिंकर सडकमा कति बजेट विनियोजन भएको छ ?´ भन्ने प्रश्न गरेका थिए ।
स्पष्टीकरण प्रश्नकाे जवाफ दिदै रक्षामन्त्री उप्रेतिले नेपाली सेनाबाट निर्माण भइरहेको दार्चुला-टिंकरमा ९ कराेड रूपैयाँ विनियोजन भएको जानकारी दिएका हुन् ।
सांसदहरूले राखेकाे स्पष्टीकरण प्रश्नहरूकाे जवाफ दिने क्रममा रक्षामन्त्रीले टिंकर सडकमा विनियोजन गरिएको बजेटबारे जानकारी दिन छुटाएका थिए । टिंकर सडककाे बजेट विनियोजन बारे जानकारी दिनुपर्नेमा रक्षामन्त्रीले संखुवासभाको किमाथांका नाका जाेड्ने सडककाे प्रसंग ल्याए । त्याे सडकमा आफुले भ्रमण गरेकाे र न्यून बजेट विनियोजनका कारण सेनाको जनशक्ति र स्राेतसाधनकाे पूरा उपयाेग हुन नसकेको बताए । तर, टिंकर सडकबारे बाेल्नै छुटाए ।
रक्षामन्त्रीले टिंकर सडकमा बजेट विनियोजनकाे जानकारी दिन छुटाएपछि संसद सचिवालयका कर्मचारीले एउटा चिर्किट्टाे राेष्ट्रममा दिएका थिए । त्यसमा टिंकर सडकबारे केही विवरण उल्लेख थियाे ।
`टिंकर सडककाे कुल लागत ३ अर्ब ७४ कराेड रहेकाे, चालू वर्ष (सम्भवतः २०८१/८२) मा ९ कराेड बजेट रहेकाे र हालसम्म ४७ कराेड ६८ लाख ४३ हजार रूपैयाँ खर्च भएको´ जानकारी दिइयाे ।
दार्चुलाका सांसद दिलेन्द्र प्रसाद बडु रक्षा मन्त्रालयकाे बजेट छलफलमा सहभागी नभएकाले आफैले प्रष्टिकरण प्रश्न राख्न पाएका थिएनन् । तर, आफ्नो पार्टीका सांसद मैना कार्कीमार्फत टिंकर सडककाे बजेट विनियोजनबारे प्रश्न साेध्न लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here