बिरा दत्त भट्ट
दार्चुला, मंसिर २७ गते । स्थानिय पुर्वाधार विकास विकास कार्यक्रम अन्र्तगतको प्रदेश तथा संघको बजेट बाडफाड गरिएको छ । स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिले यस बर्ष कोरोना प्रभावका कारण स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयन गरिएको बताइएको छ ।
दार्चुला जिल्लाबाट निर्वाचित संघीय सांसद गणेस सिह ठगुन्ना र प्रदेश सभा सांसद मानबहादुर धामी तथा गेल्बु सिह बोहराको निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरिएको हो ।
संघबाट प्राप्त पुर्वाधार विकास कार्यक्रममा कोभिड १९ तथा अन्य संक्रामक रोग पहिचान, रोकथाम, नियन्त्रण, उपचार र अन्य उपकरण ब्यवस्थापन तथा पुर्वाधार निर्माणका लागि जिल्ला अस्पताल दार्चुलामा १ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । साथै प्रदेशको निर्वाचन क्षेत्र नं क बाट पनि जिल्ला अस्पताल दार्चुलामा उपकरण तथा पुर्वाधार निर्माणमा ५० लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेशको क्षेत्र नं ख पुर्वाधार विकास कार्यक्रम अन्र्तगत गोकुलेश्वर अस्पतालमा ४० लाख बजेट विनियोजन गरिएको छ । साथै संघको पुर्वाधार विकास कार्यक्रम अन्र्तगत पनि गोकुलेश्वर अस्पतामा २० लाख बजेट विनियोजन गरिएको छ ।
मंसीर ४ गते दार्चुलामा बसेको स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रमको परामर्श समिति बैठकले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु छनोट गर्ने विषयमा छलफल गरेको थियो ।
स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिका संयोजक एबं संघीय सासंद गणेस सिह ठगुन्नाको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोना महामारीका बेला जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा दिदै दार्चुला जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा विभिन्न स्वास्थ्य उपकरणको ब्यवस्थापन गर्ने विषयमा छलफल गरेको थियो । सोही अनुसार जिल्ला अस्पताल दार्चुलामा १ करोड ८० लाख र गोकुलेश्वर अस्पतालमा ६० लाख बजेट विनियोजन गरिएको छ ।