जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

0
942
घटनास्थल मालघाटमा छाविन टोली

दार्चुला, भाद्र १० गते ।
तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ ।


बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुला जिल्ला, ब्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।
भारतको बाटो भएर सदरमुकाम खलंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।
कान्तिपुरबाट