जन रुठै प्रकृति माता, सस्कार त बचाइ दे !

0
968
खडक बहादुर बमं
क्या दिएइ प्रकृति माता,कोरोना को पोको !
दुनियाँमा बरबादी ल्याएई,मनको राखेइ धोको !!
धामी झाक्री डाक्टर बैध्य,थुरथुर डरौंन्यां !
राजा रैती धनी गरीव,धुरधुर रुवौन्या !!
तिनै लोक मेरै हो भणी,जो फुर्ती लगौन्थ्या !
बल बुद्धीले धन पैसाले,कालै लाई जितन्थ्या !!
नैं धन काम लाग्न्या भयो,बल बुद्धि सेलायो !
क्यागरौं कसगरौं भणी,नाँक मुख लुकायो !!
लुकि बस्नु पारेइ आज,घर भित्र सबैकी !
नैं आफनो नैं परायो,डीठभेट नाइ कसैकी !!
झिक्कै अपराध गय्रा जसो,नाँक मुख लुकौनु !
कुष्टी बिष्टी लाग्या जसो,अर्का लाई नछुनु !!
पानीबार्नु खानाबार्नु,हावा स्मेत बार्नु !
घुम्टो हाली बस्नु पय्रो,बाध्यता भ्यो क्यार्नु !!
हराया को छोइछिटो,सुरु भया जसो !
रीटी घुमी जुग जमाना,फर्की आया जसो !!
सुद्धी गर्न्या सेनीटाइजर,दुध गौँत को साटो,
मृतु सस्कार फेरीन पस्यो,दुर्गती को बाटो !!
जै छोयो कोरोना रोगले,घर है निकाल्नु !
खपर गर्नु काँहो काँहो,हेर्दाइ कि डरौंनु !!
काँ रै अर्ती बुढा बा कि,मरन्याँ बेलाकी !
काँरयो सेवा लै सत्कार,चेली लै चेलाकी !!
नै त धुप नै त बत्ती,नैं चिता जलौनु !
नै छोराको दाख बत्ती,पराइ ले खड्यौंनु !!
नैं कात्तरो रीसिमको,नै डोलि बाँसकी !
आफ्नोइ चिहान पराई भयो,मय्राका लासकी !!
एकै मिटर पोलिथीन का,थैलामा लुकौंनु !
आफन्तले परैं बसी,मन चित्त बुझौंनु !!
अन्तिम इछ्या आफन्तको,मुख हेरन्या धोको !
नपाइन्या क्या दिएइ त्रास,अचम्मै को पोको !!
जन रुठै प्रकृती माता,सस्कार त बचाइ दे !
मर्न्या बेला आफन्त की,भेट घाँट गराइ दे !!