दार्चुला, भाद्र २१ गते ।
महाकाली नगरपालिकाले दार्चुलाका दश जना क्रियाशिल पत्रकार सहित ४७ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको छ । महाकाली नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैकं कर्मचारी, शैलुन ब्यवसायी सहित बाहिर बाट आएका र होम तथा सस्थागत क्वारेन्टाइनमा रहेका ४७ जना ब्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन गरेको महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मोहन महराले जानकारी दिनुभयो । आईतबार पहिलो चरणमा दार्चुलामा क्रियाशिल १० जना पत्रकार, १३ जना प्रहरी, ३ जना शैलुन ब्यवसायी, ५ जनाहोम क्वारेन्टाइनमा बसेका, २ जना स्वास्थ्यकर्मी, बैंक क्षेत्रमा काम गर्ने ९ जना कर्मचारी र भारतबाट आएका ५ जना ब्यक्तिहरुको स्वाव संकलन गरिएको उहाँले बताउनुभयो ।