समाचार
गणतन्त्र दिवसको अवसरमा दार्चुलाका तीन कैदीबन्दीलाई आम माफी
दार्चुला,जेष्ठ १५ गते१६ औँ गणतन्त्र दिवसको अवसरमा सोमबार जिल्ला कारागार दार्चुलाका ३ जना कैदीबन्दी रिहा भएका छन । असल चालचलन भएका र तोकिएको सजायको कम्तीमा ५० प्रतिसत सजाय भुक्तान गरिसकेका विभिन्न प्रकृतिका कैदीबन्दीको बाँकी सजाय मिनाहा गर्ने सरकारी निर्णय संगै उनिहरु रिहा भएका हुन् । दिवसको अवसरमा...
गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा,,जनजिविकाको सवालमा सोचे जस्तो प्रगति हुन सकेन
दार्चुला,जेष्ठ १५ गतेदार्चुलामा १६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन अर्थात् संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउन थालिएको हो । सोमबार जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडुको अध्यक्षतामा जिल्ला सदरमुकामको खुल्ला मञ्चमा गणतन्त्र दिवसको...
सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट,महाकाली करिडोरका लागि ४५ करोड बजेट विनियोजन
दार्चुला,जेष्ठ १५ गते
सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । चालुतर्फ ११ खर्ब ४१...
महाकाली नदिमा बगेर एक किशोर बेपत्ता
दार्चुला,जेष्ठ १५ गतेदार्चुलाको महाकाली नदीमा बगेर एक किशार बेपत्ता भएका छन् । महाकाली नगरपालिका वडा नम्वर १ धम्पनेराका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् । साथीहरुसँग कलौनस्थित महाकाली नदीमा पौडी खेलिरहेका बेला नदीमा डुबेको र पछि नदीमा बगेको जिल्ला प्रहरी कार्यालय...
चट्याङ लागेर घाइते यार्सा संकलकको उद्धारमा समस्या,,खराब मौसमका कारण हेलिकोप्टर खलंगामै रोकियो
दार्चुला,जेष्ठ १ गते
दार्चुलामा चट्याङ लागेर घाइते भएका तीनजना यार्सा संकलकको उद्धारका लागि आएको हेलिकोप्टर खलंगामै रोकिएको छ । व्याँस गाउँपालिका–२ हुम्दुङतीमा चट्याङ लागेर घाइते भएका यार्सा संकलकको उद्धारका लागि सोमबार दिउँसो सुखेतबाट आएको हेलिकोप्टर प्रतिकुल मौसमका कारण खलंगामा रोकिएको हो । शनिबार राति व्याँस गाउँपालिका वडा नम्वर २ हुँम्दुङतीस्थित...
दार्चुलामा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदान–प्रदान कार्यक्रम सम्पन्न
दार्चुला,वैशाख ३१ गतेदार्चुलामा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदान–प्रदानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सुआहारा दोस्रो कार्यक्रमको जिल्ला स्तरीय सिकाई आदान प्रदान कार्यक्रम जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको अध्यक्षतामा आइतबार जिल्ला सदरमुकाममा सम्पन्न भएको हो । कार्यक्रममा सुआहारा कार्यक्रमले स्वास्थ्य तथा पोषणको अवस्थामा गरेको सुधार, गाउँपालिका...
दार्चुलामा राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न
दार्चुला,वैशाख २९ गतेराष्ट्रिय व्यावसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा स्विस कन्ट्याक्टको प्राबिधिक सहयोगमा राष्ट्रिय व्याबसायिक योग्यता प्रणाली कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । महाकाली नगरपालिकाका...
दार्चुलामा स्वास्थ्यकर्मीमाथि हातपात,कारबाहीको माग
दार्चुला,वैशाख २३ गते महाकाली नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ । वैशाख २० गते बुधबार साँझ ६ बजे जिल्लाको महाकाली नगरपालिका वडानम्बर ६ निसिल आफ्नो कार्यालयको कामकाज गर्ने सिलसिलामा फिल्डबाट कोठा जाने बेला बाटोमा अहेव तुलसी महरालाई हातपात गरेको जनाएको छ । अहेव महरालाई महाकाली...
छोराले विद्यालयबाट चोरेका ल्यापटप आमाले गरिन् फिर्ता,,छोरा फरार
दार्चुला,वैशाख २२ गते
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ स्थित शारदा आधारभुत विद्यालयबाट चोरी भएका ल्यापटप शुक्रबार फिर्ता गरिएका छन् । गत शनिबार राती स्थानिय रमेश लोहारले विद्यालयको ताला फोडेर ल्यापटप सहितको सामान चोरेका थिए । उनकी आमा भुरा लोहारले छोरा रमेश लोहारले चोरेका ६ वटा ल्यापटप ७ वटा चार्जर...
दार्चुला हिमपहिरोमा ज्यान गुमाएकाको शव खंलगा ल्याईयो,,दुई अझै बेपत्ता
दार्चुला,वैशाख २२ गतेदार्चुलाको व्यास गाउँपालिका १ भोलीनमा हिम पहिरोमा परेर ज्यान गुमाएकाहरुको शव जिल्ला सदरमुकाम ल्याइएको छ । शुक्रबार भारतीय सडक मार्गबाट उनीहरुको शव सदरमुकाम खलगा ल्याइएको हो । गएको मङ्गलवार हिम पहिरोमा परेर बेपत्ता भएका पाँच जना मध्ये ३ जनाको शव फेला परेको थियो । हिमपहिरोमा...
दार्चुला हिमपहिरोमा परेका तीनको पहिचान खुल्यो,दुई जना अझै बेपत्ता
दार्चुला,वैशाख २१ गतेदार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु स्थित बोलिनमा हिम पहिरोमा बेपत्ता भएका पाँच मध्ये अझै २ जना फेला परेका छैनन् । तीन जनाको भने हिजो शव फेला परेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नम्बर ५० गुल्म छाङरुको टोली खोजी र उद्धार कार्यमा संलग्न रहेको...
दार्चुलाबाट सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार
दार्चुला,वैशाख १३ गते
दार्चुलामा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ६ हुतिकी ३१ वर्षीया भागरथि बडुको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । उनको गर्भमा जुम्ल्याहा बच्चा रहेकोमा एक बच्चालाई मंगलबार जिल्ला अस्पताल दार्चुलामा जन्म दिएकी थिइन् । तर, उनले अर्को बच्चा...
दार्चुलाकाे ब्याँसमा तुईनबाट महाकाली नदिमा खसेर एक पुरुषकाे मृत्यु
दार्चुला वैशाख ९ गते ।
दार्चुलाकाे महाकाली नदीमा तुईनबाट खसेर एक पुरुषकाे मृत्युु भएकाे छ । व्याँस गाउँपालिका २ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारीकाे तुइनबाट खसेर मृत्युु भएको ब्याँस गाउँपालिकाका उपाध्यक्ष विनाेद सिंह कुवरले जानकारी दिनुभयाे । आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने क्रममा...
वैैशाख १४ गते देखि अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रम हुदै
दार्चुला,वैशाख ८ गतेदार्चुलाको अपि हिमाल गाउँपालिकाले बैशाख १४ गते देखि २१ गते सम्म अपि वेश क्याम्प भ्रमण सप्ताह कार्यक्रम संचालन गर्ने भएको छ । गाउँपालिकाले शुक्रबार एक भ्रमण वर्षको लोगो सार्वजनिक गदै भम्रण वर्ष २०८० संञ्चालन गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भक्त सिह ठेकेर बोहराले जानकारी दिनु...
पाठ्यपुस्तक दिवसकै दिन दार्चुलामा पुस्तक वितरण
दार्चुला,वैशाख ६ गते ।दार्चुलामा पाठ्पुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको छ । मंगलबार विद्यार्थीलाई यस वर्ष भर्नासँगै स्वागत गरिएको र किताब वितरण गरेर शुभकामनासहित घर पठाइएको महेन्द्र नमुना माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले जानकारी दिनुभयो । दार्चुलामा आधारभूत तह र माध्यमिक तहमा गरी झण्डै २३ हजार...