ढुंगा लागेर एकजनाको मृत्यु

0
643
सांकेतिक तस्बीर

दार्चुला, साउन ७ गते ।
दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर ज्यान गएको छ ।

हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । माथिबाट खसेको ढुंगा लागेर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभएको छ । थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक अरुण बमको टोली घटस्थल गएको सुचना अधिकारी चन्दले बताउनुभएको छ ।