नेपाल–भारत जोड्ने सीमा पुल खोल्न माग गर्दै भारतीय ब्यापारीहरु अनशनमा

5517

दार्चुला, असोज १२ गते ।
नेपालीहरुमा निर्भर रहेका भारतीय सीमा बजार झुलाघाटका ब्यापारीहरुले नेपाल–भारत जोड्ने सीमापुल खोल्न माग गर्दै रिले अनशन सुरु गरेका छन् ।
लामो समय देखि सिमा पुल बन्द हुदाँ ब्यापार ठप्प भएको भन्दै पुल खोल्न माग गर्दै सोमबारबाट रिले अनशन सुरु गरेको भारतीय पत्रीका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
रिले अनशनको सुरुको दिन ब्यापार संघ अध्यक्ष जगदीश जोशी अनशनमा बसेका थिए । झुलाघाटका ब्यापारीहरु नेपाली ग्राहकमा निर्भर रहेकाले आर्थिक संकट बढेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
सीमा पुल खोलीनु ब्यापारीहरुको हितमा भएकाले सरकारले सीमा पुल खोल्नुपर्ने ब्यापारीहरुको भनाई छ ।
नेपाल–भारत जोड्ने पुल नखोलीएमा आफुहरु आमरण अनशन बस्ने ब्यापारीहरुले चेतावनी दिएका छन् ।
साथै भारतको सीमावर्ती बजार धार्चुलाका ब्यापारीहरुले पनि नेपाल–भारत जोड्ने सीमापुल खोल्न सरकारसंग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !