पिथौरागढमा एकै दिन १४ जना कोरोना संक्रमित भेटिए

0
1763

दार्चुला । दार्चुला जिल्ला संग जोडिएको भारतको पिथौरागढ जिल्लामा मंगलबार थप १४ जनामा कोरोना संक्रमण पाइएको छ । यो संगै पिथौरागढमा १७ जना कोरोना संक्रमित पुगेका छन् । दिल्ली, पञ्जाब, मुम्बई र चन्दीगढबाट आएका थप १४ जनामा कोरोना संक्रमण पाइएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । जसमध्ये १० जना पुरुष र ४ जना महिला छन् ।
उनिहरु जेठ ४, ९ र १० गते पञ्जाब, दिल्ली, मुम्बई र चन्दीगढबाट पिथौरागढ पुगेका थिए । पञ्जाब, दिल्ली र चन्दीगढबाट आएकाहरु बसबाट पिथौरागढ पुगेका थिए भने मुम्बईबाट आएका ब्यक्ती हवद्धानी सम्म रेलमा र हवद्धानीबाट बसमा पिथौरागढ आएको पाइएको छ । उनिहरुलाई संस्थागत क्वारेन्टाइनमा राखी जेठ ११ गते कोरोना परिक्षणका लागी नमुना हवद्धानी पठाइएको थियो ।
मंगलबार कोरोना संक्रमण पाइएका १४ जनाहरु पिथौरागढ जिल्लाका ४ तहशिलका नागरिकहरु रहेका छन् ।
कोरोना संक्रमण पाइएपछि उनिहरुको कनटेक्ट ट्रेसिङ भइरहेको पिथौरागढका कोरोना नोडेल अधिकारी डा. राजेश ढकरियालले बताएका छन् ।
यसभन्दा पहिले पिथौरागढमा ३ जनामा कोरोना संक्रमित थिए ।
नयाँ १४ जना थपिएसंगै पिथौरागढमा १७ जना कोरोना संक्रमित पुगेका छन् ।
कोरोना संक्रमित सबैलाई मुख्यालय स्थित बेस अस्पत्तालमा आइसोलेसनमा राखीएको दैनिक जागरणले समाचार लेखेको छ ।