यी हुन् दार्चुलाका स्थानिय तहमा चयन भएका काङग्रेस पालिका सभापति

0
576

दार्चुला, असोज ११ गते ।
नेपाली कांग्रेसले १४ औँ महाधिबेशन अन्र्तगत दार्चुलाका ९ वटै पालिकाहरुमा गाउँ तथा नगर अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

गाउँ तथा नगर अधिबेशनले दार्चुलाका नौ ओटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ ।
महाकाली, लेकम, दुहूँ र ब्याँसमा निर्वाचन मार्फत नेतृत्व टुङ्गो लगाइएको छ भने मार्मा, नौगाड, शैल्यशिखर, मालिकार्जुन र अपिहिमालमा सहमतिबाटै नेतृत्वको टुङ्गो लगाइएको छ ।
ब्याँस गाउँपालिकामा वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिंह धामी र वर्तमान सभापति नरेन्द्र भट्टबीच सहमति हुन नसक्दा निर्वाचन गरिएको हो । निर्वाचन मार्फत् सभापतिको टुंगो लगाउँदा वडा नम्बर ५ का वडाध्यक्ष मंगलसिंह धामीलाई पराजित गर्दै नरेन्द्र भट्टले सभापतिमा बाजि मारेका छन् ।
दुहूँ गाउँपालिकामा नरेन्द्र कुवँर र तेज बहादुर बमबीच सभापतिका चुनावी प्रतिष्पर्धा भएको छ । कुवँरले ५० मत प्राप्त गरी दुहूँको सभापति पदमा निर्वाचित भएका छन् भने बमले २० मत मात्रै प्राप्त गरेका छन् ।
महाकाली नगरपालिकामा तारा दत्त जोशी र चन्द्र सिंह बिष्टबीच प्रतिष्पर्धा भएको छ । महाकालीको सभापतिमा चन्द्र सिंह बिष्टले जोशीलाई ४१ मतले पराजीत गरि हात पारेका छन् । बिष्टले ९२ मत प्राप्त गरेका छन् भने जोशीले ५१ मत प्राप्त गरेको नेपाली कांग्रेसले जनाएको छ ।
लेकम गाउँपालिकामा शनिबार नै निर्वाचन प्रक्रियाबाट सभापतिको टुंगो लगाइएको थियो । वडा नम्बर ३ का मोहनदेव जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का निर्वाचित वडाध्यक्ष कमलापती मिश्रले लेकमको सभापतिको पदमा विजयी हासिल गरेका छन् ।
जोशी र मिश्रबीच सभापति पदमा सहमति हुन नसक्दा निर्वाचन गरिएमा मिश्रको पक्षमा ४५ मत र जोशीको पक्षमा ३२ मत खसेको थियो । लेकम गाउँपालिकामा जम्मा १ सय २ मतदाता रहेकोमा ७७ मत मात्रै खसेको कांग्रेसले जनाएको छ ।
कांग्रेसले मार्मा, अपिहिमाल, नौगाड र मालिकार्जुनमा शनिबार नै सर्वसम्मत् चयन गरेको थियो भने आईताबार शैल्यशिखर नगरपालिकामा पनि सर्वसम्मत् सभापतिको टुंगो लगाएको छ । अपिहिमाल सोबन लोथ्याल, मार्मा गाउँपालिकामा धनञ्जय जोशी, नौगाड प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिकामा किसन सिंह सामन्त सर्वसम्मत् सभापतिमा चयन गरिएको थियो । शनिबार सहमति जुट्न नसकेपनि शैल्यशिखरमा आईतबार सर्वसम्मत सभापतिमा मोहन सिंह साउँद चयन गरिएको छ ।