दार्चुला बहुमुखी क्याम्पसमा अनलाईन परीक्षा सुरु, शत प्रतिशत विद्यार्थीले दिए परीक्षा

0
882

दार्चुला, असोज १२ गते ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले कोरोना महारीका कारण रोकीएका परीक्षाहरु अनलाईनका माध्यमबाट सञ्चालनमा ल्याएको छ ।
सोहि अनुसार सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसमा सोमबारबाट अनलाइन परीक्षाहरु सुरु भएको क्याम्पस प्रमुख कृष्ण सिह साउदले जानकारी दिनुभयो ।
स्नातक तह बिएड र बिएको तृतीय सत्रको पहिलो चरणको परीक्षा दार्चुला बहुमुखी क्याम्पसमा सोमबारबाट सञ्चालन भएको हो । परीक्षामा शत प्रतिशत विद्यार्थीहरु सहभागी भएको क्याम्पस प्रमुख साउदले बताउनुभयो ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा तालिका अनुसार तीन चरणमा अनलाईन परीक्षाहरु सञ्चालन भईरहेका छन् । पहिलो चरणमा सञ्चालन गरिन लागेका स्नातक तह विएड र विएको तृतीय सत्रको परीक्षा दार्चुला बहुमुखी क्याम्पसमा आजबाट सुरु भएको छ भने दोस्रो चरणमा असोज २५ गतेबाट विएड र विए प्रथम सत्रका परीक्षाहरु सञ्चालन हुने क्याम्पस प्रमुख साउदले बताउनुभयो । दार्चुला बहुमुखी क्याम्पसबाट दोस्रो चरणमा सञ्चालन हुने परीक्षाहरुमा नियमित १ सय र ४१ आशिंक विद्यार्थीहरु सहभागि हुने उहाँले जानकारी दिनुभएको छ ।
तेस्रो चरणको परीक्षा भने पुस महिना भित्र सञ्चालन गरिनेछन् । तेस्रो चरणमा दार्चुला बहुमुखी क्याम्पसको सुदुरपश्चिमाञ्चल विश्वविद्याल अन्र्तगत विविएस र एमए एमएड तर्फका २ सय २२ जना र त्रिभुवन विश्वविद्यालय अन्र्तगतका बिएड र बिबिएस गरि २ सय ३१ जना विद्यार्थीहरुले परीक्षा दिने क्याम्पस प्रमुख साउदले जानकारी दिनुभयो ।
यसरी पहिलो, दोस्रो र तेस्रो चरणमा गरि दार्चुला बहुमुखी क्याम्पसमा अध्यनरत कुल ७ सय ८८ जना विद्यार्थीहरुले पुस महिना भित्र परीक्षा दिइसक्ने उहाँको भनाई छ ।
साथै दार्चुला बहुमुखी क्याम्पसले अनलाइन कक्षाहरु समेत नियमित रुपमा सञ्चालन गरिरहेको छ । परीक्षाका कार्यक्रमहरु सकेपछि पुस ६ गते देखि नयाँ भर्ना कार्यक्रम सञ्चालन गरिने क्याम्पस प्रमुख साउदको भनाई छ ।