महाकाली नगरपालिका क्षेत्रमा लगाईएको शील हटाइयो

0
2834

दार्चुला, असोज २ गते ।
दार्चुलाको महाकाली नगरपालिकामा लगाईएको शील हटाइएको छ । महाकाली नगरपालिका क्षेत्रमा दुई जना कोरोना संक्रमितहरु पाइएपछि संकट ब्यवस्थापन केन्द्र दार्चुलाको भाद्र २४ गतेको निर्णयले महाकाली नगरपालिका क्षेत्र शील गरेको थियो ।
कोरोना संक्रमितको सम्पर्कमा रहेका एक जना बाहेक अन्य सबैको कोरोना रिर्पाेट नेगेटिभ आएकाले महाकाली नगरपालिकामा लगाइएको शील हटाइएको छ । महाकाली नगरपालिका क्षेत्रमा जारी शील शुक्रबार दिउसो दुई बजे देखी लागु हुने गरि हटाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
साथै कोरोना संक्रमण निर्मुल भइनसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।
शील जारी भएका बेला बन्द रहेको खलंगा बजारमा शील खुलेसंगै चहलपहल बढेको छ ।