दार्चुला,फागुन १८ गते ।
दार्चुला जिल्लाको सदरमुकाममा आयोजना गरिएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । जिल्ला खेलकुद समिति दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाममा रहेको महाकाली नगरपालिका वडा नम्बर ४ मा अवस्थित शिवनगर खेल मैदान र खुल्ला मञ्च खेलमैदानमा सञ्चालन भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो । फागुन १२ देखि १८ गते सम्म सञ्चालन भएको १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी महाकाली नगरपालिकाले जितेको छ । प्रतियोगितामा महाकाली नगरपालिका २१ स्वर्ण, ११ रजत र १० कास्य गरि ४२ पदकका साथ प्रथम ,द्धितिय स्थान मालिकार्जुन गाउँपालिकाले ६ स्वर्ण, ६ रजत, र ३ कास्य गरि १५ पदक जितेको छ भने मार्मा गाउँपालिका तृतीय स्थान संगै ३ स्वर्ण, ९ रजत, २ कास्य संगै १४ पदक हात पारेको छ । जिल्ला छनोट प्रतियोगितामा छनोट भएका खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशमा छनौट हुँदै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।
जिल्ला छनौट प्रतियोगितामा ९ वटै पालिका महाकाली नगरपालिका ,शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका मार्मा गाउँपालिका,नौगाड गाउँपालिका,दुहुँ गाउँपालिका,ब्याँस गाउँपालिका र अपि हिमाल गाउँपालिकाको सहभागिता रहोको थियो । जिल्ला खेलकुद समितिका अध्यक्ष मानसिंह बुढाथोकीको अध्यक्षतामा संचालन गरिएको पुरुस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडु (कश्यप) प्रमुख अतिथि रहेका थिए भने महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर विशिष्ट अतिथि रहेका थिए । पुरुस्कार वितरण कार्यक्रममा नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, महाकाली नगरपालिका उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, लेकम गाउँपालिका प्रवक्ता एवंम् वडानम्बर ३ का वडाअध्यक्ष सुरेशसिंह थापा, सशस्त्र प्रहरी ४४ नम्बर गणका एसपी डम्बर विष्ट लगायत अतिथि रहेका थिए । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरुले विजेता खेलाडी र पालिकाहरुलाई पुरुस्कार वितरण गरेका थिए ।
१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महाकालीलाई
तपाईको प्रतिक्रिया दिनुहोस् !