हामीले देशभक्त बन्न सिक्नुपर्छ ः बम

1892

दार्चुला, पुष २७ गते ।
विवेकशील साँझा पार्टी दार्चुला जिल्ला संयोजक चक्रबहादुर बमले पछिल्लो समय धेरैले राष्ट्रियता भन्दा पनि राजनीतिप्रति मात्रै चासो देखाउन थालेको बताउनु भएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विवेकशील साँझा पार्टी जिल्ला संयोजक चक्र बहादुर बमले यस्ता बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टी दार्चुलाका जिल्ला संयोजक बमले शुक्रवारको नयाँ परिवेशमा आएर राष्ट्रियता भन्दा पनि राजनीतिक परिवेशमा बढि चासोे राख्ने प्रवृति रहेको बताउदै देशमा राजनीतिलाई मात्र आडमा राख्ने गरेको बताएका छन् ।
“हामीले देशको इतिहासलाई विर्सेर राजनीतिको खोल ओड्ने गरेको छौँ” जिल्ला संयोजक बमले भन्नुभयो । उहाँले कार्यक्रममा न्युन सहभागिताप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् । ठूला दलका नेताहरु मात्र भ्रष्टाचारी नभई नागरिकहरु पनि भ्रष्टचारी बनेको आरोप उहाँले लगाउनु भएको छ ।
“नेपालका नेता मात्रै भ्रष्टाचारी होइनन्, जनता नै भ्रष्टाचारी हुन्, घुस दिएपछि मात्र भोट हाल्न मान्छन् विना घुसमा भोट नै दिदैनन्” उहाँले निर्वाचनको परिबेशलाई जोड्दै भन्नुभयो । न्युन सहभागिता प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो “के यो कार्यक्रम भनेको हामी चार पाँच जनाको मात्र कार्यक्रम हो, अरुको लागि होइन ?” “यो जन्म जयन्ती अर्थात दिवस भनेको सबैले मनाउने विषय हो एकले मात्र बनाएर हुदैन सबंैले मनाउनुपर्छ अनि मात्र यसको कदर हुन्छ” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !