महाकालीबाट महिलाको उद्धार गर्ने प्रहरी जवानहरु पुरस्कृत

0
1569

विरा दत्त भट्ट, दार्चुला ।
महाकाली नदीमा बगिरहेकी महिलाको जीवितै उद्धार गर्ने दुई प्रहरी जवानहरुलाई पुरस्कृत गरिएको छ । बैशाख १४ गते बिहान महाकाली नदीमा बगिरहेकी महिलाको जीवितै उद्धार गर्ने प्रहरी जवानहरु सुरज महतो र शेर बोहरालाई सुदरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुबेदी दार्चुला आएका बेला पुरस्कृत गरिको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । दुबै जनालाई १५ सयका दरले पुरस्कृत गरिएको छ । प्रहरी जवानहरुले जीवित उद्धार गरेकी ब्यास गाउँपालिका १ कि सपना ऐतवालको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो ।