कालापानी न्युज, दार्चुला । भारतले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताबिरुद्ध निरन्तर प्रहार गरी क्षेत्रीय शान्तिमा खलल पुर्याई जनमानसमा आतङ्क फैलाएकोमा उसको यस जघन्य अपराध बिरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले तिन दिन ब्ल्याक आउट गर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।
मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले शनिवार एक आह्वान सार्वजनिक गरेर नेपालमाथिको इन्डियाली ज्याजती बिरुद्ध ३ साँझ बत्ती निभाएर बिरोध गर्न नेपालभित्र र बाहिर रहनुभएका सारा नेपालीहरुलाई यस्तो अनुरोध गरेका हुन् ।
शनिवार सार्वजनिक गरिएको आह्वानमा सन् १९४७ अगस्ट १५ देखि ग्रेटर नेपालको करिब ६० हजार किलोमटिर जमिन अपनिवेश कायम गरेको, सन् १९६२ देखि नेपालको कालापानी क्षेत्रमा अर्ध सैनिक बल राखेको, गत वर्ष कार्तिकमा लिम्पियाधुरा–कालापानी–लिपुलेकलाई इन्डियाको नक्सामा हालेको र उक्त क्षेत्र हुँदै चीनको तिब्बत जोड्ने सडक बनाई त्यसको उद्घाटन समेत गरेर इन्डियाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिरुद्ध निरन्तर प्रहार गरेको उल्लेख छ ।
मोर्चाले आइतवार अर्थात जेठ ४ गतेदेखि मंगलवार जेठ ६ गतेसम्म तिन दिन बेलुका ८ बजेदखि ८ बजेर ५ मिनेटसम्म ५ मिनेट बत्ति निभाउन (ब्ल्याक आउट गर्न) अनुरोध गरेको हो ।
भारतीय अपराध बिरुद्ध तीन दिन ब्ल्याक आउट गर्न ग्रेटर मोर्चाको अनुरोध
तपाईको प्रतिक्रिया दिनुहोस् !